गठबन्धनमा निर्वाचन हुन्छ : आन्तरिक मामिला मन्त्री डा. रावल

April 10, 8:01

टीकापुर २७ चैत्र/सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री डा.रणबहादुर रावलले स्थानीय तहाको निर्वाचन गठबन्धन हुने बताएका छन् । यो विषयमा पार्टीमा समेत छलफल भइरहेको उनले बताए ।

मन्त्री नियुक्त भएपछि पहिलो पटक गृहनगरमा नेपाली काँग्रेस टीकापुर नगर समितिद्धारा आयोजित बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दैै मन्त्री डा. रावलले सो आरोप लगाएका हुन् । डा. रावलले पार्टीमा लागेपछि केन्द्रले गरेको निर्णय मान्नुपर्ने जिकिर गर्दै बहकावमा लागेर मात्रै केही नहुने बताए ।

स्थानीय तहका आंकाक्षीहरु प्रति लक्षित गर्दै उनले भने ‘सकभर आफूलाई प्रस्तुत गर्नुस्, तर भएन भने पार्टीले अघि सारेको उम्मेदवारलाई जिताउनका लागि लाग्नुस्’ काँगे्रस केन्द्रिय सदस्य समेत रहेका रावलले भने ‘अब काँग्रेसका अघि जित्नुको विकल्प छैन ।’ मन्त्री डा. रावलले विगत पाँच वर्षको अवधिमा टीकापुर नगरपालिकामा देखिने कुनै काम नभएको आरोप लगाएका छन् ।

स्थानीय तहमा नेपाली काँग्रेसको उम्मेदवारले चुनाव हार्दा टीकापुरले ठूलो नोक्सानी व्यहोरेको उनले बताए । आफूले प्रदेशबाट ल्याएका बजेट कार्यान्वयन गर्न समेत गाहे भएको उल्लेख गर्दै डा। रावलले भने ‘स्थानीय तहमा हाम्रो सरकार नहुँदा हामीले ल्याएका बजेट समेत कार्यान्वयनमा निकै गाहे भएको छ ।’ उनले त्यसकारण पनि आउने निर्वाचनमा काँग्रेसका उम्मेदवारहरुलाई निर्वाचित गराउन कार्यकर्तालाई आग्रह गरे ।

आगामी चुनावमा पार्टीका उम्मेदवारमाथि कसैले बदमासी गरे स्पटमै कारवाही गर्न निर्देशन केन्द्रिय कार्यसमितिले दिएको उल्लेख गर्दै उनले स्थानीय तहमा निर्वाचन नजिते प्रदेश र संघमा कसैले उम्मेदवारी नदिए हुने बताए । नेपाली काँग्रेसका नगर सभापति नरेशकुमार खत्रीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव प्रकाश शाहले गरेका थिए ।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा