चर्चित गायक रामकृष्ण ढकालको सम्बन्ध विच्छेद

Ram Krishna Dhakal
Ram Krishna Dhakal
December 25, 4:56

काठमाडौं : चर्चित गायक रामकृष्ण ढकाल र उनकी श्रीमतीबीच सम्बन्ध विच्छेद भएको छ। बुधवार जिल्ला अदालत काठमाडौंमा गायक ढकाल र श्रीमती निलम शाह ढकालबीच सम्बन्ध विच्छेद भएको हो। 

ढकाल दम्पतीले मंगलवारमात्र जिल्ला अदालतमा सम्वन्ध विच्छेदका लागि मुद्दा दर्ता गराएका थिए।

'उहाँहरुको सम्वन्ध विच्छेद भएको छ,' जिल्ला अदालत काठमाडौंका श्रेष्तेदार आनन्द श्रेष्ठले भने। न्यायाधीश विदुर कोइरालाको इजलासले सम्वन्ध विच्छेदको निर्णय सुनाएको हो। 

मुलुकी देवानी संहिता, २०७४ ले पति तथा पत्नी दुवैले चाहेमा जहिलेसुकै पनि सम्वन्ध विच्छेद गर्न सक्ने व्यवस्था गरेको छ। त्यही व्यवस्थालाई टेकेर दुवैको सहमतिमा उनीहरुको सम्बन्ध विच्छेद भएको हो।

सम्बन्धित वर्गका समाचारहरू

चलचित्र ‘काँडेतार’को च्यारिटी-सो
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ ।  सीमा… विस्तृतमा
सहिद परिवारलाई सहयोगार्थ काँडेतारको ‘च्यारिटी सो’
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा
रानाथारु समुदाय थारुभित्रै हुनुपर्ने बहस
धनगढी । थारु आयोगले थारु जातिबाट अलग्गिएर छुट्टै जनजातिमा सूचीकृत भएको रानाथारु समुदाय थारुभित्रै… विस्तृतमा
कम्युनिष्ट पार्टी, संगठनात्मक प्रणाली र अनुशासन
कम्युनिष्ट -communist_को अर्थ “महत्वपुर्ण राजनीतिक शब्द ज्ञानमा” यस प्रकार परिभाषित गरिएको छ ।  “… विस्तृतमा