रासायनिक मलखादको प्रयोग सम्बन्धी कृषक अगुवाहरूलाई अभिमुखीकरण सुरु

Mal
Mal
January 06, 8:26

धनगढी, २१ पौष – साल्ट ट्रेडिङ कर्पोरेसनले रासायनिक मलखादको प्रयोग सम्बन्धी कृषकहरूलाई अभिमुखीकरण तालिम दिन सुरु गरेको छ । रासायनिक मलखादको जथाभाबी तथा मात्रा नमिलाएर प्रयोग गर्नाले माटोको उर्वरा शक्ति ह्रास हुन थालेको भन्दै कृषकहरूलाई अभिमुखीकरण तालिम दिन सुरु गरिएको साल्ट ट्रेडिङ कर्पोरेसनका सहायक महा–प्रबन्धक केशव प्रसाद पाण्डेयले बताए । 

Mal

अभिमुखीकरणमा सालट्रेडिङ कर्पोरेसनले वितरण गर्दै आएको गैर गैर अनुदानित रासायनिक मलखादको प्रयोग विधि तथा प्रभावकारिता सम्बन्धी मल तथा कृषि विज्ञ भगवान् खतिवडाले अभिमुखीकरण दिइरहेका छन् । 
अभिमुखीकरणको सोमबार सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनीता चौधरीले कैलालीको भजनी नगरपालिकाबाट उद्घाटन गरिन् । 
अभिमुखीकरण पौष २८ गतेसम्म सञ्चालन हुने साल्ट ट्रेडिङ कर्पोरेसनको धनगढी कार्यालयले जानकारी दिएको छ । 

Binita

 

सम्बन्धित वर्गका समाचारहरू

‘अरूका लागि साइकलमा दुध बोक्ने शिवचरण डेरीका मालिक’
कञ्चनपुर, माघ २० गते । दशकअघि साइकल गुडाउँदै अरूका लागि दुध बोक्ने कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका… विस्तृतमा
तरकारी बेच्न अब्बल थारु महिला
धनगढी । धनगढी उपमहानगरपालिका–१७ पथरीकी अनिता चौधरी सिजनमा तरकारीको भारी बोकेर धनगढी बजार नपुगेको… विस्तृतमा
खडेरीले सुक्न थाले हिउँदे बाली
बाजुरा /  लामो समयको खडेरीले बाजुराका अधिकांश ठाउँमा हिउँदे बाली गहुँ, जौ सुक्न थालेको छ । खडेरीका… विस्तृतमा
रासायनिक मलको कोटा निर्धारण
कञ्चनपुर  । किसानलाई रासायनिक मल वितरणमा सहयोग पुग्ने गरी शुक्लाफाँटा नगरपालिकाले कोटा निर्धारण… विस्तृतमा