धनगढीमा खाना महोत्सव हुने
February 24, 5:55
धनगढी – कैलालीको धनगढीमा ‘प्रथम सुदूरपश्चिम खाना महोत्सव २०७६’ हुने भएको छ । सोमवार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै फागुन १४ गतेबाट २० सम्म धनगढीको खुल्ला मञ्चमा खाना महोत्सव आयोजना हुने जानकारी दिईएको हो । खाना महोत्सवको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने आयोजक होटेल व्यवसायी सङ्घ कैलालीले जनाएको छ ।
महोत्सवको तयारी अन्तिम चरणमा पुगिसकेको होटेल व्यवसायी सङ्घ कैलालीका अध्यक्ष कलम बमले जानकारी दिए । सुदूरपश्चिम प्रदेशका परम्परागत खानाहरूको प्रवर्द्धनका लागि महोत्सव आयोजना गर्न थालिएको उनले बताए ।
महोत्सवमा एक हजार लिटरको भाँडामा फाणो पकाउने तयारी समेत आयोजकको छ । खाना महोत्सवमा परम्परागत खानाका परिकार जौ, कोदो, फापर सँगै विभिन्न समुदायमा प्रचलित खानाका परिकार रहने छन् ।
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
May 18, 10:31
August 31, 3:57
May 23, 4:28
September 02, 8:50
सम्बन्धित वर्गका समाचारहरू
January 31, 6:32
धनगढी । धनगढीको शिवनगरमा पिके हेअर सैलुन एण्ड जेन्स पार्ल संचालनमा आएको छ ।
धनगढी उपमहानगरपालिका… विस्तृतमा
January 29, 2:31
काठमाडौं । ३६ जिल्लामा शाखा रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको हालसम्म ११ शाखामात्र सिल… विस्तृतमा