धनगढीमा विकास सम्मेलन

development confrence
development confrence
March 01, 7:18

धनगढी, १८ फागुन – धनगढी उपमहानगरपालिकाको आयोजनामा आज धनगढीमा विकास सम्मेलन शुरु भएको छ । सम्मेलनको राष्ट्रिय योजना आयोगका सदस्य सुशील भट्टले उद्घाटन गर्दै राष्ट्रको विकासका लागि योजनाबद्ध ढङ्गले अघि बढ्नुपर्ने बताए ।
उनले भने, “हामी अहिले स्रोतको पहिचानविनै विकासको योजना कार्यान्वयन गरिरहेका छौँ । यसले राम्रो परिणाम दिएको छैन ।” उनले कार्यान्वयनयोग्य योजना तयार नभएसम्म कार्यान्वयन चरणमा लग्न नहुने पनि बताए । उनले आयोजना चक्र व्यवस्थापनको सिद्धान्तका आधारमा राष्ट्रिय योजना आयोग अघि बढेको जानकारी दिए ।
उपमहानगरपालिकाका उपप्रमुख सुशीला मिश्रले धनगढीको विकासका लागि दिशानिर्देश गर्न सम्मेलन गरिएको बताए। उनले नगरको विकासका लागि ज्ञान र स्रोत बढाउन विकासको साझेदारको दायरा फराकिलो बनाइनेलगायत विषयवस्तु समावेश गरिनेजस्ता विषयवस्तु सम्मेलनमा प्रस्तुत गरिन लागेको बताए । सम्मेलनमा उपमहानगरपालिकाले पहिचान गरेका सामाजिक, आर्थिक, भौतिक विकास र वातावरणको संरक्षणका आधारमा केही मुख्य परियोजना बैंक प्रस्तुत गरिएका छन् ।

सम्बन्धित वर्गका समाचारहरू

धनगढीको शिवनगरमा संचालनमा आयो पिके हेअर सैलुन एण्ड…
धनगढी । धनगढीको शिवनगरमा पिके हेअर सैलुन एण्ड जेन्स पार्ल  संचालनमा आएको छ ।  धनगढी उपमहानगरपालिका… विस्तृतमा
शिव शिखर सहकारीको कारोबार यकिन गर्न सकस
काठमाडौं । ३६ जिल्लामा शाखा रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको हालसम्म ११ शाखामात्र सिल… विस्तृतमा
सुनकाे भाउ अहिलेसम्मकै महँगाे, तोलाकाे १ लाख १७ हजार…
काठमाण्डाै / सुनको भाउ अहिलेसम्मकै महँगाे भएको छ । आज नेपाली बजारमा सुन अहिलेसम्मकै महँगो प्रतितोला… विस्तृतमा
सीमा क्षेत्रमा भारुको कारोबार नहुँदा व्यापार व्यवसायमा…
धनगढी । सीमा क्षेत्रका सहरमा रु एक सयभन्दा बढी दरका भारतीय मुद्राको कारोबार नहुँदा व्यापारिक… विस्तृतमा