दाना पाइन छोडेपछि कैलालीका एक युवाले गाडे एक हजार कुखुराका चल्ला

Boilar
Boilar
March 28, 1:48

धनगढी, चैत्र १५ - दशबर्ष देखि कुखुरा ब्यबसाय सञ्चालन गर्दै आएका एक जना कुखुरा ब्यबसायीले  एक हजार बोइलर कुखुराका चल्ला खाडलमा पुरेका छन । बिश्वमा फैलिएको महामारी रोग कोरोनाका कारण देश पुरै लकडाउनमा रहेकाले कुखुराका चल्लालाई आवश्यक  पर्ने दानाको अभावका कारण एक हजार वटा १८ दिनका बोइलर कुखुराका चल्लालाई खाडलमा पुरेको  गौरीगंगा नगरपालिका वडा न.६ बनबेहडा स्थित भैरब पोल्टी फर्म सञ्चालक पदम साउँदले  बताए ।   
१८ दिन सम्म दैनिक ६८ सयका दरले खाने गरेको चारो झण्डै डेढ लाखको बराबरको दाना सक्किएपछी थप दानाका लागि विभिन्न ठाउँमा सम्पर्क गरे कहि पनि चारो नपाउने भएपछि आज बाध्य भएर सबै चल्लाहरु खाडमा पुर्न बाध्य भएको साउँदले बताए ।  कम्पनी पुरै बन्द भैसक्यो भन्ने खबर आयो डिलरहरुमा कहि दाना भेट्टीएन पछि धेरै कुखुरा ठुला भएर धेरै घाटा ब्यहोर्नु भन्दा बरु थोरै घाटा हुन्छ भनेर सबै पुरिदिए कुखुरा ब्यबसायी साउँदले भने ।
 एभरेस्ट बैंक अत्तरिया बाट १२ लाख ऋण गाडेर सञ्चालन गरेको बोइलर कुखुरा फार्म ८५ हजारका कुखुराका चल्ला १ लाख ५० हजार बराबरको दाना र औषधि उपचार खर्च गरिसकेको उनले बताए ।

boilsr

 

सम्बन्धित वर्गका समाचारहरू

‘अरूका लागि साइकलमा दुध बोक्ने शिवचरण डेरीका मालिक’
कञ्चनपुर, माघ २० गते । दशकअघि साइकल गुडाउँदै अरूका लागि दुध बोक्ने कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका… विस्तृतमा
तरकारी बेच्न अब्बल थारु महिला
धनगढी । धनगढी उपमहानगरपालिका–१७ पथरीकी अनिता चौधरी सिजनमा तरकारीको भारी बोकेर धनगढी बजार नपुगेको… विस्तृतमा
खडेरीले सुक्न थाले हिउँदे बाली
बाजुरा /  लामो समयको खडेरीले बाजुराका अधिकांश ठाउँमा हिउँदे बाली गहुँ, जौ सुक्न थालेको छ । खडेरीका… विस्तृतमा
रासायनिक मलको कोटा निर्धारण
कञ्चनपुर  । किसानलाई रासायनिक मल वितरणमा सहयोग पुग्ने गरी शुक्लाफाँटा नगरपालिकाले कोटा निर्धारण… विस्तृतमा