लकडान थप कडा पारिने डोटीका प्रमुख जिल्ला अधिकारी पौडेलको दाबी
मनमोहन पनेरु, डोटी, चैत्र १६ - डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले लकडानको अवज्ञा गर्नेलाई कानुन अनुसार कारबाही गरिने बताएका छन् ।
कोरोना भाइरसको सक्रमणको अवस्था दिन प्रतिदिन बढीरहेको अवस्थामा रोकथामका लागि सरकारले गरेको लकडाउनलाई पूर्ण रुपना पालना गर्नु पर्ने बताए । उनले भने हामीले सबै नागरिकहरुलाई घरभित्र बस्न जथाभाबी बाहिर ननिस्कन आग्रह गर्ने हो, सम्झाउने हो यदी यतीभन्दा पनि मान्दैनन् भने अब समातेर कानुन अनुसार कारबाही गरिन्छ ।
सरकारले कोरोना भाइरसको सम्भावित सक्रमणबाट बच्नका लागि गरेको लकडाउन डोटीका मुख्य बजार क्षेत्रमा पूर्ण रुपमा पालना गरेको भएपनि गाउँघर तिर केही मात्रामा मानिसहरु हिडडुल गरिरहेको गुनासो बढेकोले गाउँघरतिर पनि आज देखि थप कडाइका साथ पालना गराउन प्रहरी, शसस्त्र प्रहरी परिचालन गरिएको समेत प्रजिअ पौडेलले बताए ।
सरकारले घोषणा गरेको लकडाउनको समयमा एम्बुलेन्स, सुरक्षाकर्मी, सञ्चारमाध्यम, स्वास्थ्यकर्मी लगायत अतिआवश्यक सेवाका सवारी साधन बाहेर अन्य सवारीसाधन नचलाउन लकडाउनको पूर्ण परिपालन गर्न समेत प्रमुख जिल्ला अधिकारी पौडेलले आग्रह गरे । सुदुरपश्चिम प्रदेशको धनगढीमै कोरोना संक्रमित भेटिएपछि जोखिम बढेको भन्दै अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन समेत प्रजिअ पौडेलले जिल्ला वासीलाई आग्रह गरेका छन् ।
संघीय सरकारको निर्णय बमोजिम दैनिक उपभोग्य सामाग्रीको बिक्री बितरणमा त रोक्न सक्ने अवस्था छैन तर पनि मालसामान किनबेच गर्दा ब्यापारि र उपभोत्ताहरुले पनि माक्सको प्रयोग गर्ने, दुरी कायम गर्ने, सामान किन्न भिडभाडमा जनाले लगाएका साबधानी अपनाउनु आवश्यक रहेको बताए ।
अहिले सयौको संख्यामा नेपालीहरु दुईसाताको लागि क्वारेइनटाइनमा बसिरहेका कारण नेपाल सरकारले एक सातको लागि घोषणा गरेको लकडाउनको समयाबधी बढ्ने सम्भावना देखिन्छ ।