धनगढी वडा नम्बर ३ का ९४ बिपन्न परिवारलाई खाद्यान्न वितरण

kHADHYANNA
kHADHYANNA
March 31, 5:27

कोभिड १९ अर्थात कोरोना भाइरसको पुर्व सतर्कता स्वरुप सरकारले गरेको लकडाउनका कारण दैनिक मजदूरी गरि खानेहरुलाई समस्यामा पारेको छ । उनिहरुलाई छाक टार्नै धौ धौ भएको छ ।

दैनिक ज्यालादारीमा काम गरेर घर खर्च चलाउने बिपन्न समुदायलाई लक्षित गर्दै धनगढी उप महानगरपालिका वडा नम्बर ३ का जनप्रतिनिधीहरुले सहयोग अपिल गरेर अभियान चलाएका छन् । अभियान चलाएसंगै आज अमेरिका तथा अस्टेलियामा बस्ने युवकहरुले ७२ हजार बराबर आर्थिक सहयोग गरेका छन् । समाजसेवी मदन भट्ट मार्फत सो अभियानमा उनिहरुले सहयोग गरेका हुन् । सहयोग गरेसंगै उप महानगरपालिका वडा नम्बर ३ को टिमले छाक टार्नै मुस्किल भएका भन्सार गौरिटोलका ९४ परिवारलाई खाद्यान्न वितरण गरेको छ । वडाका बिपन्न तथा छाक टार्नै मुस्किल परेका ब्यक्तीहरुको पहिचान गरी खाद्यान्न वितरण गरेको वडा सदस्य ओम बिक्रम चन्दले बताए ।
सोमबारबाट सहयोग अभियान थालेको सो टिमले थुप्रै क्षेत्रबाट सहयोग पाएको जनाएको छ । केही क्षेत्रबाट आर्थिक तथा केहीबाट खाद्यान्न नै सहयोग भएको वडा अध्यक्ष बल बहादूर ऐरले बताए । यो अभियान अन्तर्गत सबै वडाका छाक टार्न मुस्किल परेका नागरिकहरुलाई खाद्यान्न सहयोग गरिने उनले बताए ।
धनगढी उपमहानगरपालिका ५ घर भई हाल अस्टेलियामा रहेका अनिल भट्टले ५१ हजार तथा धनगढी ८ बुद्धचोक घर भई हाल अमेरिकामा रहेका दिनेश कार्कीले २१ हजार सहयोग गरेको रकमबाट खाद्यान्न वितरण गरेको समाजसेवी मदन भट्टले बताए । बिभिन्न क्षेत्रबाट आएको सहयोगलाई वडा नम्बर ३ को अभियानमा समाबेस गरिएको उनले बताए ।

लकडाउनले मजदूरी गर्न नपाएपछि छाक टार्नै मुस्किल परेका नागरिकहरु खाद्यान्न पाएसंगै खुशी भएका छन् । दिनभरी अर्काको मजदूरी गरेर खानेलाई सानो सहयोगलेपनि धेरै राहत पुगेको उनिहरुले बताएका हुन् । यस्ता सहयोग अन्य क्षेत्रबाटपनि आए भोकै बस्नु नपर्ने उनिहरुको बिश्वास छ ।

सम्बन्धित वर्गका समाचारहरू

‘अरूका लागि साइकलमा दुध बोक्ने शिवचरण डेरीका मालिक’
कञ्चनपुर, माघ २० गते । दशकअघि साइकल गुडाउँदै अरूका लागि दुध बोक्ने कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका… विस्तृतमा
तरकारी बेच्न अब्बल थारु महिला
धनगढी । धनगढी उपमहानगरपालिका–१७ पथरीकी अनिता चौधरी सिजनमा तरकारीको भारी बोकेर धनगढी बजार नपुगेको… विस्तृतमा
खडेरीले सुक्न थाले हिउँदे बाली
बाजुरा /  लामो समयको खडेरीले बाजुराका अधिकांश ठाउँमा हिउँदे बाली गहुँ, जौ सुक्न थालेको छ । खडेरीका… विस्तृतमा
रासायनिक मलको कोटा निर्धारण
कञ्चनपुर  । किसानलाई रासायनिक मल वितरणमा सहयोग पुग्ने गरी शुक्लाफाँटा नगरपालिकाले कोटा निर्धारण… विस्तृतमा