पश्चिम रुकुम घटनाको नेपाल दलितसंघ डोटीद्वारा विरोध प्रदर्शन

प्रदशन
प्रदशन
May 31, 10:11

मनमाेहन पनेरू,
पश्चिम रुकुमको चौरजहारी गाउँपालिकाको सोतीमा घटेको घटनाको डोटीमा पनि विरोध प्रदर्शन भएको छ । नेपाल दलित संघ डोटीको अगुवाईमा दिपायलमा प्रदर्शनसहित विरोध गरिएको हो ।
घटनाको विरोध र दोषिलाई कानुनी कारबाहीको माग गर्दै गरिएको प्रदर्शन दिपायल बजार परिक्रमा गर्दै कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्र्दै नेपाल दलित संघ डोटीका अध्यक्ष लालबहादुर बिकले सोती घटनाले सिङ्गो उत्पिडित जाती, वर्ग र समुदायको अधिकारको आन्दोलनमाथि नै प्रश्नचिन्ह खडा गरेको बताए । ‘हिजो जो दलित समुदायको अधिकारका हिमायती कहलिन्थे । जो दलितको लाशमाथि चढेर सत्ताको सिढी चढे उनै घटनाका दोषिलाई बचाउन लागेको अवस्थाको जति निन्दा गरेपनि कम हुन्छ,’ उनले भने,‘यसले राज्यबाट मृत्यु भएका दलित युवाले न्याय पाउछन्, सिङ्गो उत्पिडित जाती, वर्ग र समुदायले न्याय पाउछ भन्ने विश्वास हराएको छ ।’
दलित संघ डोटीका पूर्व अध्यक्ष कुमारसिँह टेलरले दलितलाई उपयोग गरेर दलितका लाशहरुमाथि खेलवाड गर्ने छुट कसैलाई नभएको बताए । उनले भने,‘भोट माग्दा सबै मानवजाती समान हुने, समानताको अधिकार प्रयोग गर्न खोज्दा मारिनुपर्ने ?’
नेपाली कांग्रेस डोटीका नेता बिजय खड्काले आन्दोलनको ऐक्यवद्धता जनाउदै सोती घटनामा वर्तमान सरकारको असली चरित्र उदाङ्गो भएको बताए । ‘त्यो घटना मानवतामाथिको वर्वर अपराधिक घटना हो,’ उनले भने,‘बिगतका आन्दोलनको म्याण्डेट अनुसार मुलूक समानताको युगमा प्रवेश गरेको अवस्थामा यस्ता घटना हुनु र अपराधमा संलग्नको संरक्षणमा राज्य लाग्नुको जति निन्दा गरेपनि कम हुन्छ ।’
नेकपा डोटीका नेता धन बहादुर नेपालीले सोती घटनाले राज्यका सञ्चालकहरुमा रहेको नश्लीय चिन्तन अझै नहटेको प्रमाणित भएको बताए । ‘समुदायमा रहेको नश्लीय चिन्तन त नहटेको यो बर्बर घटनाले दर्शाईरहेको छ,’ उनले भने,‘थप त्यो घटनाका विषयमा राज्यको नेतृत्वमा बसेका व्यक्तीबाट बिबादित बयान आउनु र दोषिलाई उम्काउन खोज्नुले राज्यसंग पनि त्यो सोच अझै जीवित रहेको पुष्टी गरेको छ ।
कोणसभामा मन्तव्य दिने अधिकांश वक्ताहरुले घटनाको सत्यतथ्य छानविन गर्दै दोषिमाथि कडा कार्बाही गर्न माग गरेका थिए

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल फ्लावरको…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा