भक्त बि बि क्वारेन्टाइनमा एक साताका लागी खाद्यान्न सामाग्री सहयोग
धनगढी । धनगढीको त्रिभुवन माविमा रहेको भक्त बि बि क्वारेन्टाइन गृहमा एक सातालाई पुग्ने गरि खाना तथा खाजाका लागी सामाग्री प्रदान गरिएको छ ।
नेपाली काग्रेस धनगढी नगरका नेता दिपेन्द्र सिहंको अगुवाई तथा, नेता अरुण सिंहको ब्यवस्थापनमा नेपाली कांग्रेस, धनगढी उपमहानगरपालिका ३ को कार्यालयले आज सप्ताह ब्यापी भोजन तथा खाजा को बन्दोबस्तीका समानहरु हस्तान्तरण गरेको हो।
अहिले भारतबाट फर्किएका ५६ जनालाई क्वारेन्टाईनमा राखिएको छ । सीमानाका पुगेका वडाबासीको उद्दार गरी त्रिभुवन मावीमा व्यवस्थित ढंगले राखिने गरि कार्य भइरहेको वडा नम्बर ३ का अध्यक्ष बलबहादुर ऐरले बताउनु भएको छ ।
क्वारेन्टाईनमा बस्दा संक्रमणको जोखिम नहोस भनेर सामाजिक दुरी कायम गरेर राखिएको छ । क्वारेन्टाईनलाई प्रभावकारी रुपमा संचालनका लागी वडा कार्यालय र सम्पुर्ण जनप्रतिनिधिले जिम्मेवारीका साथ काम गरिरहेको भक्त बि बिका प्रदेश सल्लाहकार राज बहादुर चन्दले जनाउनुभयो ।
यस्तै क्वारेन्टाईनमा बस्नेहरुको मनोरञ्जनका लागि इनटरनेट सुविधा, योग तथा प्रणायम, मनोवैज्ञानिक परामर्श समेत उपलब्ध गराइरहेको चन्दको भनाई छ ।