अपाङ्गता भएका नागरिकसँग छलफल

September 08, 10:09

कैलाली, २२ भदौ  । सुदूरपश्चिम सरकारले बनाउन लागेको नीतिमा अपाङ्गता भएका व्यक्तिको हक अधिकार समावेश गर्न र वार्षिक योजना तथा कार्यव्रmमहरू गर्न पहिलो पटक अपाङ्गता भएका व्यक्तिहरूसँग छलफल सुरु गरेको छ ।

प्रदेश सरकार गठनको छ वर्षपछि सुदूरपश्चिम सरकारले पहिलो पटक अपाङ्गता प्रादेशिक निर्देशन समिति गठन गरेर अन्तरमन्त्रालयबिच छलफल चलाएको हो । समाजमा रहेका अपाङ्गता भएका व्यक्तिको हकहितका लागि छुट्टै नीति बनाएर लागु गर्न सक्ने प्रावधान रहेको छ । राष्ट्रिय जनगणना २०७८ का अनुसार सुदूरपश्चिममा विभिन्न प्रकारका ७० हजार आठ जना अपाङ्गता भएका व्यक्ति रहेको उल्लेख छ । अपाङ्गता भएका व्यक्तिले संविधानप्रदत्त हक अधिकारको कार्यान्वयन गरिदिन सरकारलाई आग्रह गरेको छ । 

राष्ट्रिय अपाङ्ग महासङ्घ प्रदेश अध्यक्ष मानबहादुर साउदले आफ्ना माग सम्बोधन गराउन धनगढीमा १० दिनसम्म आन्दोलन गर्नु परेको जानकारी दिनुभयो । सोही आन्दोलन पछि प्रदेश सरकारले अपाङ्गता भएका व्यक्तिका लागि नीति ल्याउन अपाङ्गता प्रादेशिक निर्देशन समिति गठन गरेर छलफल थालेको उनले बताए ।

सो समितिका अध्यक्षसमेत रहनुभएका सामाजिक विकासमन्त्री झपटबहादुर साउँदको अध्यक्षतामा बसेको बैठकले अपाङ्गता भएका व्यक्तिका जायज नीतिगत मागप्रति मन्त्रालय सकारात्मक रहेको बताए । “अपाङ्गताको सवालमा यसअघिका मन्त्रीहरू पनि सकारात्मक देखिनुहुन्थ्यो तर कर्मचारीहरूले विभिन्न बहानामा अल्झ्याउने गरेकाले यत्रो समय लागेको हो,” अपाङ्गता अधिकारकर्मी भीमबहादुर शाहले बताए  ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा