जिल्ला अस्पताल डोटीमा लामो समय देखि रोकिएको एपेण्डिक्सको शल्यक्रिया सेवा सुचारु

Doti Photo
Doti Photo
June 05, 10:59

मनमोहन पनेरू, 
डोटी, जेठ २२ - जिल्ला अस्पताल डोटीमा लामो समय देखि रोकिएको एपेण्डिसाइटिसको उपचार सुचारु भएको छ । बुधवार पुर्वीचौकि गाउँपालिका वडा नम्बर ५ का शंकर कठायतको एमडिजीपी डाक्टर प्रमोद भट्टको टिमले एपेण्डिक्सको सफल शल्यक्रिया गरेपछि पुनः सेवा सुचारु भएको अस्पताल प्रमुख डा ज्योति पाण्डेले बताउनु भएको छ । 
समयमै एपेण्डिक्सको शल्यक्रिया गराउन नपाएर जिल्लामा कयौँ मानिसहरूले अकालमै ज्यान गुमाउनु परेको हुन्थ्यो भने कतिपय मानिसहरू धेरै पीडा खेप्दै बसेका थिए । ती पीडा खेप्दै बसेका मध्य एक हुन शंकर कठायत, उहाँ भन्नुहुन्छ, ‘मलाई एपेण्डिक्सले दुख दिएको धेरै भइसकेको थियो । मैले यसको औषधी सेवन गर्दा पनि निको नहुने, निको भईहाले पनि केही समयको लागि निको हुने र केही समय पछि फेरी हुने हुन्थ्यो ।’ उहाँ थप भन्नू हुन्छ, ‘मैले पहिले नै उपचार गर्दै आएको थिए । तर अपरेसन गर्नु नै पर्छ भन्ने सोचेको थिएन आज आएर अपरेसन गर्नु प¥यो ।’
डा ज्योति पाण्डेले भन्नुभयो,  ‘अपरेसन गर्न बाहिर जाँदा पचास हजार देखि १ लाख सम्म खर्च लाग्न सक्छ तर उहाँको आफ्नै घर नजिकै तथा आफ्नै जिल्लामा यो सेवा सुचारु भएकोले ८ हजार मै अपरेसन भएको हो ।’
तर विगत केही वर्ष देखि डोटीमा एपेण्डिसाइटिसको मात्रै होइन यस्ता धेरै किसिमका जटील स्वास्थ्य समस्याको उपचार गर्न आउँदा जिल्ला अस्पताले आफूसँग दक्ष जनशक्ति नहुँदा बाध्य भएर बाहिर रिफर गर्नु पर्ने बाध्यता रहेको डा पाण्डेले बताइन । 
उहाँले भन्नु भयो, ‘अब यस्ता समस्या भएका व्यक्ति आफ्नै जिल्लामा उपचार गर्न पाउने छन् ।’ अब डोटीमा एपेण्डिसाइटिसको उपचार तथा एपेण्डिक्सको अपरेसन लगातार चलिरहेन उनले बताए ।

 

 


 

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा