पत्रकार कुँवरद्वारा ११ क्वारेन्टाइनका १९० जना लाई खाद्य तथा स्वास्थ्य सामाग्री सहयोग

Chakra Kunwor
Chakra Kunwor
June 06, 11:02

डोटी, जेठ २४ - नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा डोटीका सदस्य तथा प्रेस युनियन डोटीका उपाध्यक्ष चक्र कुँवरले क्वारेन्टाइनमा बसेका १ सय ९० जनालाई खाद्य तथा स्वास्थ्य सामग्री वितरण गरेका छन् । रेडियो डोटीका प्रबन्ध निर्देशक समेत रहेका कुँवरले आफ्नो जन्मभूमि बोगटान फुड्सिल गाउँपालिकाको वडा नम्बर ४ सात्फरी पुगेर उक्त सहयोग हस्तान्तरण गरेका हुन् । 
भारतबाट फर्किएर वडा नम्बर ४ सात्फरिका विभिन्न ११ क्वारेन्टाइनमा बस्दै आएका १ सय ९० जनालाई सादा तथा सर्जिकल मास्क प्रतिव्यक्ति दुई वटा, साबुन प्रतिव्यक्ति एउटा, कोल गेट एउटा तथा पानी, चिउरा, चाउचाउलगायतका खाद्यान्न सामग्री वितरण गरेको उनले बताए । 
क्वारेन्टाइनमा बसेकाहरूको सहजताका लागि उक्त सहयोग गरिएको उनको भनाई छ । 
अहिले बोगटान फुड्सिल गाउँपालिका भरी झन्डै साढे ८ सय बढी मानिस क्वारेन्टाइनमा रहेका छन् । जस मध्य हालसम्म १ सय ४३ जनाको आरडीटी परीक्षण गरिएकोमा दुई जनाको पोजेटिभ आएको छ । उनीहरूको पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरी धनगढी पठाइएको गाउँपालिकाका अध्यक्ष कमल गड्शिलाले बताए ।
भारतबाट आउने पालिकावासीको उद्धारको काम पनि चलिरहेको उनको भनाई छ ।   

AVN
nast clz

सम्बन्धित वर्गका समाचारहरू

डोटी जिल्लाका उत्कृष्ट नौ स्वास्थ्यकर्मी सम्मानित
डाेटी,२७ भदाै । डोटी जिल्लाका नौ जना उत्कृष्ट काम गर्ने स्वास्थ्यकर्मीलाई सम्मान गरिएको छ ।… विस्तृतमा
बैतडीका तीनओटा मेडिकल शिल 
बैतडी,२० भदौ । बैतडीमा  तीनओटा मेडिकल शिल गरिएका छन् । जिल्लाको दोगडाकेदारका विभिन्न स्थानमा… विस्तृतमा
सुदूरपश्चिम डेङ्गुको उच्च जोखिममा
धनगढी,२० भदौ ।  सुदूरपश्चिम प्रदेश डेङ्गु सङ्क्रमणको उच्च जोखिममा रहेको छ। सुदूरपश्चिम प्रदेश… विस्तृतमा
बझाङ अस्पतालमा  जनशक्ति अभाव 
बझाङ,१८ भदौ । जिल्ला अस्पताल बझाङमा आवश्यकता अनुसार स्वास्थ्यकर्मी नहुँदा दैनिक सेवा प्रवाहमा… विस्तृतमा