काठमाडौं उपत्यकाका बैंकमा बढ्दै ग्राहकको घुइँचो, जोखिम कति ?

Bank Khuldai Bhid Badhdai
Bank Khuldai Bhid Badhdai
June 06, 11:30

काठमाडौं, जेठ २४  - लकडाउनका बेला प्रायः बन्दजस्तै रहेका काठमाडौंका बैंकहरुमा केही दिनयता ग्राहकको घुइँचो बढेको छ । लकडाउन लम्बिँदै जाँदा सेवाग्राहीहरु उकुसमुकुस भएर बाहिर निस्कन थालेपछि बैंकमा पनि भिडभाड बढेको हो ।

बैंकहरुले सबै शाखा कार्यालयहरु खोल्न पाएका छैनन् । खुलेका शाखामा पनि सबै कर्मचारीहरु राखेर पूर्णरुपमा सेवा दिन नपाएका कारणले पनि भिड बढेको बैंक सञ्चालकहरु बताउँछन् ।

सरकारले बैंकका कर्मचारीहरुलाई सवारी पास कम दिएको र बैंकको परिचयपत्रका आधारमा प्रहरीले हिँडडुल गर्न नदिएका कारण कर्मचारीहरु थोरै परिचालन गर्नुपरेको र भीड बढेको गुनासो बैंकर्सहरुको छ ।

नेपाल बैंकर्स संघका निवर्तमान अध्यक्ष अनिल केसरी शाहले सवारी पासमा कडाइ हुँदा बैंकमा भिड देखिएको बताए । बैंकका कर्मचारीहरुलाई आफ्नो परिचय पत्र देखाएर कार्यालय जान–आउन सुविधा दिने हो भने बैंकमा देखिएको भिड कम हुने शाहले बताए ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत रहेका शाहले सुरक्षा, स्वास्थ्यजस्तै बैंकहरुलाई पनि सरकारले अति आवश्यक क्षेत्रमा राखेको भन्दै यसलाई सीमित पास दिएर सेवा दे भन्नु गलत भएको बताए । उनले बैंकका कर्मचारीहरुलाई परिचय पत्र देखाएर आवत–जावत गर्न दिनुपर्ने बताए ।

‘भिड बढ्दो छ, हामीलाई आफ्नोभन्दा पनि हाम्रा ग्राहकको चिन्ता छ, बाहिर कुपन दिन्छौं बाहिरै भिड लाग्छ,’ उनले भने, ‘हामीले सबै कर्मचारी राखेर सेवा दिन पाउने हो भने यस्तो भिड हुँदैन, कोरोनाबाट जोगाउन र जोगिनका लागि पनि यस विषयमा हामी गम्भीर हुनैपर्छ ।’

सीईओ शाहका अनुसार लकडाउनकै अवधिमा पनि नबिल बैंकको एउटै शाखामा दैनिक ५ सय वटासम्म कारोबार हुने गरेका छन् ।

बैंकर्स संघका कार्यकारी सदस्य तथा सनराइज बैंकका सीईओ जनकराज पौड्याल पनि बैंकहरुमा पछिल्लो समय भिड बढेको बताउँछन् । यद्यपि, आत्तिहाल्नुपर्ने गरी भिड भने नरहेको उनले बताए ।

सीईओ पौड्याल पनि सबै शाखा कार्यालयहरु नखुलेका र पूर्णरुपमा सेवा दिन नपाएका कारण बैंकहरुमा भिड लाग्ने गरेको उनले बताए । सबै शाखा कार्यालयहरु खुला हुने र सबै कर्मचारीहरु राखेर सेवा दिने हो भने भिड कम हुने उनी बताउँछन् ।

सम्बन्धित वर्गका समाचारहरू

धनगढीको शिवनगरमा संचालनमा आयो पिके हेअर सैलुन एण्ड…
धनगढी । धनगढीको शिवनगरमा पिके हेअर सैलुन एण्ड जेन्स पार्ल  संचालनमा आएको छ ।  धनगढी उपमहानगरपालिका… विस्तृतमा
शिव शिखर सहकारीको कारोबार यकिन गर्न सकस
काठमाडौं । ३६ जिल्लामा शाखा रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको हालसम्म ११ शाखामात्र सिल… विस्तृतमा
सुनकाे भाउ अहिलेसम्मकै महँगाे, तोलाकाे १ लाख १७ हजार…
काठमाण्डाै / सुनको भाउ अहिलेसम्मकै महँगाे भएको छ । आज नेपाली बजारमा सुन अहिलेसम्मकै महँगो प्रतितोला… विस्तृतमा
सीमा क्षेत्रमा भारुको कारोबार नहुँदा व्यापार व्यवसायमा…
धनगढी । सीमा क्षेत्रका सहरमा रु एक सयभन्दा बढी दरका भारतीय मुद्राको कारोबार नहुँदा व्यापारिक… विस्तृतमा