डोटीको क्वारेन्टिनमा मृत्यु भएका युवकको कोरोना रिपोर्ट नेगेटिभ

Corona
Corona
June 08, 6:55

डोटी, जेठ २६ - डोटीको केआई सिंह गाउँपालिका वडा नम्बर ३ मा आइतबार क्वारेन्टाइनभित्रै मृत्यु भएका १९ वर्षे युवकको पिसिआर परीक्षण नतिजा ‘नेगेटिभ’ आएको छ । उनको पिसिआर नतिजा नेगेटिभ आएको सुदूरपश्चिम प्रदेश सभा सदस्य पूर्णा जोशीले  जानकारी दिइन् । मृतक युवाको कोरोना परीक्षणका लागि आइतबार नै स्वाव संकलन गरी धनगढी पठाईएको थियो ।

मृतक युवा भारतबाट आएर जेठ २० गतेदेखि सिताराम आधारभूत विद्यालयमा बनाइएको क्वारेन्टाइनमा थिए । आइतबार बिहान ३ बजेको समयमा एक्कासी समस्या बढेर उनको क्वारेन्टाइनभित्रै मृत्यु भएको थियो । केआई सिंह गाउँपालिका वडा नम्बर ३ दल्ल स्थायी घर भएका मृतक युवालाई झण्डै १३ वर्षदेखि मुटु सम्बन्धी रोगको समस्या भएको परिवार स्रोतले जनाएको छ ।

 प्रहरीले निगरानीमा राखेको मृतक युवाको शव अन्त्यष्टीका लागि अब परिवारको जिम्मा दिईने स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिए । छोरालाई क्वारेन्टाइनभित्रै स्वास्थ्यमा जटिल समस्या आएपछि आफु पनि क्वारेन्टाइनभित्रै बसेर छोराको स्याहार गर्ने भनि पुगेका मृतक युवाका बुबा अहिले पनि क्वारेन्टाइनमा छन् ।

गाउँमै बस्ने उनले मृतक छोरासँग सम्पर्क गरेको हुँदा उनको पनि पिसिआर परिक्षणका लागि धनगढी स्थित प्रयोगशालामा पठाईएको थियो । सो क्वारेन्टाइनमा रहेका ३ महिला सहित ११ जनाको स्वाव धनगढी पठाईएकोमा मृतक युवा बाहेकको नतिजा आईसकेको छैन । 

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा