पत्रकार खड्काको मृत्यु बारे सत्यतथ्य छानबिन र राहतको माग गर्दै मुख्यमन्त्री भट्टलाई ध्यानाकर्षण

Zyapan
Zyapan
July 03, 5:49

 

धनगढी, असार १९ –  तीन वर्षअघि बाजुराको बुढीनन्दा धार्मिक तथा पर्यटकीय क्षेत्रबाट बेपत्ता भएका पत्रकार तेजबहादुर खड्का (तेजु)को सत्यतथ्य छानबिन र राहतको माग गर्दै सुदूरपश्चिमका ९ वटै जिल्लाका प्रेस युनियनका अध्यक्षले मुख्यमन्त्री त्रिलोचन भट्टलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । शुक्रबार दिउँसो गएको पत्रकारको टोलीले परिवारको सदस्य गुमेको शोकमा रहेका पत्रकार खड्काका परिवारलाई राहत प्रदान गर्न सुदूरपश्चिम प्रदेश सरकारसँग माग गरेका हुन् । 

ध्यानाकर्षण पत्र बुझ्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले घटनाको छानबिनका लागि सम्बन्धित जिल्लाको प्रशासनलाई निर्देशन दिने बताए । पत्रकार खड्का बेपत्ता हुने वित्तिकै प्रदेश सरकारले खोजी कार्यका लागि पहल गरेको स्मरण गर्दै भने,‘हामीले पत्रकार खड्का बेपत्ता हुने वित्तिकै खोजीकार्य जारी राखेका थियौँ, अहिले कंकाल खड्काको नै भएको पुष्टि भएको छ, उनको के कति कारणले मृत्यु भएको हो, त्यसको छानबिनका लागि प्रहरी प्रशासनलाई छानबिन गर्न निर्देशन दिन्छु ।’ पत्रकार खड्काको परिवारलाई उचित राहतको व्यवस्था गर्न प्रदेश सरकारले पहल गर्ने उनले बताए । ‘हामी आफ्नो तर्फबाट पीडित परिवारलाई राहत प्रदान गर्न पहल गर्ने छु,’ उनले भने । 

  बुढीनन्दा धार्मिक तथा पर्यटकीय स्थलबाट फर्कने क्रममा २०७५ भदौ ९ गतेदेखि बेपत्ता भएका खड्काको २०७६ मंसिर २ गतेका दिन ज्याकेट, झोला, पर्स, परिचयपत्र, मोबाइलसँगै कंकाल (दुई वटा करङका हड्डी) भेटिएको थियो । नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा भेटिएको करङ्गको हड्डीको डिएनए परीक्षण गर्दा २०७७ असार १६ गतेको रिपोर्टअनुसार पत्रकार खड्काकै भएको पुष्टि गरेको थियो । बुढीनन्दा धार्मिक तथा पर्यटकीय स्थलको रिपोटिङपश्चात् फर्कने क्रममा बरमाग्ने ठाउँबाट बेपत्ता पत्रकार खड्काको १५ महिनापछि बेपत्ता भएको स्थानबाट करिब १७ माइल टाढा लौरी विनायक भिरमा कंकाल भेटिएको हो । रिपोटिङमा हिँडेका पत्रकार बेपत्ता हुनु, बेपत्ता भएको १५ महिनापछि कंकाल भेटिनु तथा कंकालसँगै फेला परेका ज्याकेट, झोला, पर्स, परिचयपत्र, मोबाइल तथा कागजातहरु दुरुस्तै देखिनुमा  नेपाल प्रेस युनियनले शंकास्पद रुपमा घटनालाई हेर्न थालेको छ । फेला परेका सामग्रीको अध्ययन गर्दा खड्काको हत्या भएको हुन सक्ने आशंका भएकाले घटनाको गहिरो अध्ययन गरी सत्य तथ्य छानविनका लागि नेपाल प्रेस युनियन सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाका शाखा अध्यक्षहरुले संयुक्तरुपमा प्रदेश सरकारसँग माग गरेका हुन् । घटनाको तीन वर्ष वितिसक्दा पनि सरकारले घटनाको यथार्थ अवस्था बाहिर ल्याउन नसकेकोप्रति दुःख प्रकट गर्दै यथासक्य घटना छानबिन गरी वास्तविकतालाई बाहिर ल्याइदिनहुन आग्रह गरेको नेपाल प्रेस युनियन डोटी शाखाका अध्यक्ष प्रकाश बमले बताए । उनले भने,‘घटनाको प्रकृति हेर्दा शंकास्पद भएकाले हामीले पुनः सुरुबाट छानबिन गरी सत्यतथ्य कुरा बाहिर ल्याइदिन प्रदेश सरकारसँग माग गरेका छौँ ।’ यसका साथै पीडित परिवारलाई राहतको व्यवस्था गर्न पनि सुदूरपश्चिम प्रदेश सरकारसँग माग गरेको उनले बताए ।

Zyapan

 

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा