बाजुराको बुढीगंगा नदीमा बगेर हराएका युवकको शव चार दिन पछि अछाममा भेटियो 

Dead Body
Dead Body
July 10, 11:39

बाजुरा, असार २६ – गएको सोमबार बुढीगंगा नगरपालिका–१ अम्कोटको द्धारीमा पर्ने बुढीगंगा नदीमा बगेर बेपत्ता भएका किशोरको शव भेटिएको आफन्त भीम रौलेले बताएका छन् । शव चार दिनपछि भेटिएको हो । अछाम जिल्ला साफे  बगर नगरपालिका–४ ठाँटीको बारेकुना दहमा बेवारिसे अवस्थामा रहेको स्थानीयले खवर गरेपछि रौलेले शवको पहिचान गरेपछि शव भेटाएको रौलले जानकारी दिएका छन् ।
सडक डिभिजन साँफेमा कामका लागि गएका रौलेलाई आफन्तले सो शव देखाएपछि शरिरकाबाट पहिचान भएपछि नदीबाट निकालेको अर्का बाजुराका स्थानीय ठेकेदार सुरत शाहले बताएका छन् । ।
बेपत्ता भएको सोही नगरपालिका–२ का प्रताप थापाको खोजीका लागि नेपाली सेनाको हृेलिकप्टर मार्फत शसस्त्रको गोताखोर टोली बुधबार बाजुरा आइपुगेको थियो ।
गोताखोरले बेपत्ता भएको द्धारीको बुढीगंगा नदीमा गरिरहेका भएपनि पानीको बहावका कारण बगाएर अछाम पु¥याएको छ ।
बेपत्ता किशोर थापाको खोजीका लागि सोही दिनबाट नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयहरु खोजीगर्न थालेका हुन् ।
शव भेटिएपछि जिल्लाबाट नेपाल प्रहरी र बेपत्ताका आमा बुवा र आफन्त सो क्षेत्रमा गएका छन् । पहिचान खु्लेपछि शवलाई प्रहरी मुचुल्का बनाएर जिल्लामा ल्याउने रौलेको भनाई रहेको छ ।
बेपत्ता भएका थापाको शव भेटिएको खवर आएकाले तत्काल थापाको हो भन्ने बारेमा एकिन नभएकाले सो शव भएको क्षेत्रमा प्रहरी र आफन्त गएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रवक्ता दान बहादुर रोकायाले बताए ।
उनले आफन्तले शवको पशिचान खुलाएमा शवको घटना मुचुल्का बनाएर शवको दाहासंस्कारका लागि बुझाउने गरी प्रहरीले तयारी थालेको प्रवक्ता रोकायाले बताएका छन् । शव बेपत्ता भएको ठाउँबाट करिव ५७ किलोमिटर टाढा भेटिएको हो ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा