बजेट खर्चमा सुदुरपश्चिम् प्रदेश सरकार देशभरमा तेस्रो स्थानमा

pradesh
pradesh
July 17, 9:52


२ साउन, कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले गत आर्थिक बर्ष २०७६/०७७ मा करिब ६३ प्रतिशत बजेट खर्च गरेको बताएको छ।

चालुतर्फ ५५.६७ प्रतिशत र पुँजीगततर्फ ७१.०८ प्रतिशत गरि जम्मा ६२.८२ प्रतिशत बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

चालु तर्फको १५ अर्ब ९ करोड ४८ लाख ३६ हजारमध्ये ८ अर्ब ४० करोड ३४ लाख ३४ हजार ७११ रुपैयाँ खर्च भएको छ । पुँजीगततर्फ १३ अर्ब ६ करोड ७१ लाख ९९ हजारमध्ये ९ अर्ब २८ करोड ८५ लाख ७८ हजार ५८१ रुपैयाँ खर्च भएको बताइएको छ।

प्रदेशमा सबैभन्दा धेरै भौतिक पूर्वाधार मन्त्रालयले खर्च गरेको छ । उक्त मन्त्रालयमा चालूतर्फ ४६ करोड १३ लाख ९१ हजार ६३५ रुपैयाँ बजेट बिनियोजन गरिएको थियो भने पुँजीगततर्फ ८ अर्ब ९६ करोड ४ लाख ९७ हजार विनियोजन गरिएको थियो ।
उक्त मन्त्रालयले चालुतर्फ ६३.४९ प्रतिशत खर्च गरेको छ भने, पुँजीगततर्फ ८८.९४ प्रतिशत खर्च गरेको हो । समग्रमा भौतिक पूर्वाधार मन्त्रालयले ८७.६९ प्रतिशत बजेट खर्च गरेको जनाइएको छ।

स्थानीय तहलाई वित्तीय हस्तान्तरण ८७.५७ प्रतिशत भएको छ । प्रदेश व्यवस्थापिका सचिवालयको ७७.०५ प्रतिशत खर्च भएको छ ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको चालुतर्फ ५७.१८ र पुँजीगततर्फ ६४.६० प्रतिशत बजेट खर्च भएको छ । मन्त्रालयको कुल ३ अर्ब ३२ करोड८३ लाख ६९ हजार ५८ रुपैयाँमध्ये ५७.९७ प्रतिशत खर्च भएको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ५५.५५ प्रतिशत, सामाजिक विकास मन्त्रालयको ५३.८४ प्रतिशत, आर्थिक मामिला तथा योजना मन्त्रालयको ५२.९९ प्रतिशत, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको ४४.९२ प्रतिशत र आन्तरिक मामिला तथा कानुन मन्त्रालयको ३७.१४ प्रतिशत बजेट खर्च भएको छ ।

सुदूरपश्चिम प्रदेश मुलुकभर सबैभन्दा धेरै बजेट खर्च गर्नेमा तेस्रो स्थानमा रहेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ । उक्त कार्यालयका अनुसार अहिलेसम्म सबैभन्दा धेरै प्रदेश १ ले ७५ प्रतिशत र प्रदेश ५ ले ७० प्रतिशत बजेट खर्च गरेको छ।






सम्बन्धित वर्गका समाचारहरू

धनगढीको शिवनगरमा संचालनमा आयो पिके हेअर सैलुन एण्ड जेन्स पार्ल…
धनगढी । धनगढीको शिवनगरमा पिके हेअर सैलुन एण्ड जेन्स पार्ल  संचालनमा आएको छ ।  धनगढी उपमहानगरपालिका… विस्तृतमा
शिव शिखर सहकारीको कारोबार यकिन गर्न सकस
काठमाडौं । ३६ जिल्लामा शाखा रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको हालसम्म ११ शाखामात्र सिल… विस्तृतमा
सुनकाे भाउ अहिलेसम्मकै महँगाे, तोलाकाे १ लाख १७ हजार रुपैयाँ
काठमाण्डाै / सुनको भाउ अहिलेसम्मकै महँगाे भएको छ । आज नेपाली बजारमा सुन अहिलेसम्मकै महँगो प्रतितोला… विस्तृतमा
सीमा क्षेत्रमा भारुको कारोबार नहुँदा व्यापार व्यवसायमा असर
धनगढी । सीमा क्षेत्रका सहरमा रु एक सयभन्दा बढी दरका भारतीय मुद्राको कारोबार नहुँदा व्यापारिक… विस्तृतमा