नेपाल रास्ट्र बैंक द्वारा २०७७/७८ को मौद्रिक नीति सार्बजनिक

rastra bank
rastra bank
July 17, 10:19

साउन२,२०७७
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको मौद्रिक नीतिका अनुसार कोरोनाको असरबाट प्रभावित उद्योगी व्यवसायीलाई सावाँ तथा ब्याज तिर्ने समयावधि थप गरेको छ।
कोरोनाको असरबाट कम प्रभावित, मध्यम प्रभावित र अति प्रभावित गरी तीन किसिमले वर्गीकरण गरेर त्यस्ता व्यवसायीलाई साँवा, ब्याज तिर्ने तथा कर्जा पुनर्तालिकीकरण गर्ने सुविधा मौद्रिक नीतिले दिएको छ।

त्यस्तै कृषि र उर्जा क्षेत्रमा बैंकहरुले गर्दै आएको लगानी बढाउनुपर्ने व्यवस्था नीतिले गरेको छ। सेयर धितोमा दिइने मार्जिन प्रकृतिको कर्जाको सीमा पनि बढाइएको छ।
हाल ६५ प्रतिशतको सीमा रहेकोमा यसलाई ७० प्रतिशत कायम गरिएको छ। कोरोनाको असर रहुञ्जेल एक बैंकको कार्ड अर्कोको एटिएममा प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था मिलाइने सार्बजनिक गरिएको नीतिमा उल्लेख गरिएको छ।




सम्बन्धित वर्गका समाचारहरू

धनगढीको शिवनगरमा संचालनमा आयो पिके हेअर सैलुन एण्ड जेन्स पार्ल…
धनगढी । धनगढीको शिवनगरमा पिके हेअर सैलुन एण्ड जेन्स पार्ल  संचालनमा आएको छ ।  धनगढी उपमहानगरपालिका… विस्तृतमा
शिव शिखर सहकारीको कारोबार यकिन गर्न सकस
काठमाडौं । ३६ जिल्लामा शाखा रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको हालसम्म ११ शाखामात्र सिल… विस्तृतमा
सुनकाे भाउ अहिलेसम्मकै महँगाे, तोलाकाे १ लाख १७ हजार रुपैयाँ
काठमाण्डाै / सुनको भाउ अहिलेसम्मकै महँगाे भएको छ । आज नेपाली बजारमा सुन अहिलेसम्मकै महँगो प्रतितोला… विस्तृतमा
सीमा क्षेत्रमा भारुको कारोबार नहुँदा व्यापार व्यवसायमा असर
धनगढी । सीमा क्षेत्रका सहरमा रु एक सयभन्दा बढी दरका भारतीय मुद्राको कारोबार नहुँदा व्यापारिक… विस्तृतमा