डोटीमा नागरिकता लिनेहरुको संख्या घट्यो

डोटी
डोटी
July 22, 8:46


साउन ७,२०७७
मोहन पनेरू, डोटी
डोटी जिल्लाबाट आर्थिक वर्ष २०७६।०७७ मा नेपाली नागरिकता लिनेको संख्या गत वर्षको भन्दा आधा रहेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।
गत आर्थिक बर्षमा उक्त कार्यालयबाट ७ हजार ३ सय ६५ जनाले नेपाली नागरिकताको प्रमाण पत्र वितरण भएकोमा गएको आर्थिक वर्ष २०७६।०७७ मा त्यो संख्या घटेर ३ हजार १ सय ७६ मा पुगेको हो ।
विश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९ का कारण मुलुकभर लकडाउन चलेकोले बैशाख र जेठ महिनाभर उक्त कार्यालयले नेपाली नागरिकता वितरण गर्न सकेन भने असारमा सरकारले लकडाउनलाई खुकुलो पारे संगै ४६ जनालाई नेपाली नागरिकता वितरण गरेको बताएको छ।

सो कार्यालयबाट २०७६ मंसिर महिनामा सबै भन्दा बढी नेपाली नागरिकता वितरण भएको देखिएको छ । उक्त महिनामा ८ सय ८० जनाले नेपालीले नेपाली नगरिकताको प्राणपत्र लिएका छन् ।

श्रावण महिनामा ४ सय ३३ जना, भाद्रमा ३ सय ८० जनाले नागरिकता बनाएको तथ्यांक उक्त कार्यालयमा रहेको छ । त्यस्तै असोज महिनामा २ सय १५, कार्तिकमा ४ सय २० जनाले नेपाली नगरिकता लिएको उक्त कार्यालयले जानकारी दिएको छ । त्यस्तै पौषमा ३ सय ४० जना, माघमा १ सय ८५ जना, फागुनमा २ सय २५ जना र चैत्र महिनामा ७० जनाले नेपाली नगरिकता लिएका छन् ।

आर्थिक वर्ष २०७६।०७७ को समाप्ति सम्म उक्त कार्यालयबाट ४ जनाले बैबाहिक अंगिकृत नागरिकता प्राप्त गरेका छन् भने आर्थिक वर्ष २०७५।०७६ आर्थिक वर्षमा जिल्ला बाट ३ जनाले बैबाहिक अंगीकृत नागरिकता प्राप्त गरेका थिए ।

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल फ्लावरको…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा