आगामी तीन दिनको मौसम पुर्वानुमान यस्तो छ

मौसम
मौसम
August 15, 12:58

शनिबार, साउन ३१, २०७७

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले तीन दिन देशको अधिकांश भूभागमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

मनसुनी न्यून चापीय रेखा पश्चिममा नेपाल नजिक दक्षिणतर्फ अवस्थित रहेकाले तीन दिन देशभर वर्षाको सम्भावना रेहको मौसमविद् राजु प्रधानाङ्गले बताए।

‘उक्त रेखा नेपालको पश्चिमी भूभाग नजिक रहेकाले पश्चिममा बढी वर्षाको सम्भावना छ’, मौसमविद् प्रधानाङ्गले भने।

हाल देशभर सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका केही स्थानहरूमा वर्षा भइरहेको छ। दिउँसो देशभर सामान्य बदली रही धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुनाका साथै बागमती, गण्डकी, प्रदेश नं ५ सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ। 

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव ५ र अधिकतम तापक्रम ३१ दशमलव ४ डिग्री सेल्सियस छ।

त्यस्तै, आज सबभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १६ दशमलव ७ डिग्री र सबभन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ३६ दशमलव ४ डिग्री सेल्सियस छ।

आगामी तीन  दिनको मौसम पूर्वानुमान

साउन ३१ गते (शनिबार)

दिउँसो : देशभर सामान्यतया बदली रही  धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश , प्रदेश नं ५   र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राति : देशभर सामान्यतया बदली रही  धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, प्रदेश नं ५, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

साउन ३२ गते (आइतबार)

दिउँसो : देशभर  सामान्यतया बदली रही  धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बागमती प्रदेश र  गण्डकी प्रदेश   एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राति : देशभर  सामान्यतया बदली रही  धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

भदौ ०१ गते (सोमबार)

दिउँसो : देशभर  सामान्यतया बदली रही  केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं ५ र  गण्डकी प्रदेशका   एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राति : देशभर  सामान्यतया बदली रही  धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा तथागण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
सेतोपाटी बाट साभार 

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने…
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको…
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा