बोगटान फुडसिल गाउँपालिका वडा नम्बर ४ को एक गाउँ नै सिल

डोटी
डोटी
August 26, 8:22

२०७७, भदौ १० गते,बुधबार
चक्र बलायर ,डोटी
डोटीको बोगटान फुडसिल गाउँपालिकाको वडा नम्बर ४ सात्फरीको दुवातल गाउँनै सिल गरिएको छ ।

भारतबाट आएका एक युवामा कोरोना संक्रमण पुष्टि भएपछी सात्फरिको दुवाताल गाउँ सिल गरिएको वडा अध्यक्ष दिपबहादुर बमले बताएका छन् । संक्रमित युवा गाउँका व्यक्तिहरुको सम्पर्कमा आएका कारण गाउँ सिल गर्नु परेको वडा अध्यक्ष बमले बताए ।

दुवातल गाउँमा आवात -जावत नगर्नका लागी वडा कार्यालयले सूचना जारी गरेको छ । दुवातल गाउँ सिल गरेसंगै उनको पिसिआर परीक्षणका लागी तयारी भईरहेको बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले बताए ।
अध्यक्ष गड्सिलाले संक्रमीत व्यक्तिको सम्पर्कमा आएका मानिसहरुको एकिन पत्ता लगाएर सोही अनुसार परीक्षणको कार्य अघि बढाईने बताए।
भारतबाट आएका युवा घरमै भएपनि परिवारका सदस्यहरुसँग अन्य गाउँका व्यक्तिहरु सम्पर्कमा आएका कारण गाउँलाई सिल गरेर परिक्षणको काम गरिने वडा अध्यक्ष बमको भनाइ छ।

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल फ्लावरको…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा