तरुणदल नगर सभापति कठायतद्धारा जन्मदिनको अवसरमा अक्षयकोषमा आर्थिक सहयोग

डोटी
डोटी
August 28, 8:40

२०७७ भाद्र १२ गते , शुक्रबार

मोहन पनेरु,डोटी
नेपाली काँग्रेसको भातृ संगठन तरुणदलका नगर सभापती लाल कठायत (हेमन्त)ले आफ्नो जन्मदिनको अवसरमा अक्षयकोषका लागि आर्थिक सहयोग घोषणा गरेका छन् । उनले प्रेस युनियन डोटी शाखाले स्व. पत्रकार तेज बहादुर खड्का (तेजु) को स्मृतीमा स्थापना गरेको अक्षयकोषमा पाँच हजार रुपैंया जम्मा गर्ने घोषणा गरेका हुन् ।

तरुणदल दिपायल सिलगढी नगरपालिकाका नगर सभापति तथा उद्योग बाणिज्य संघ डोटीका सदस्य कठायतले जन्मदिनमा हुने खर्च कटौती गरेर स्व. पत्रकार खड्कालाई सधै अमर राख्ने युनियनको अभियानलाई सफल बनाउँन अक्षयकोषका लागि सहयोग गरेको बताए ।

बाजुराको बुढीनन्दा धार्मिक तथा पर्यटकीय स्थलको रिपोर्टिङ्ग गरेर फर्किने क्रममा पत्रकार खड्का बेपत्ता भएका थिए । बेपत्ता भएका खड्काको तीन बर्ष पछि मात्रै कंगाल भेटिएकोमा डिएनए र घटना स्थलमा भेटिएका सामग्रीको आधारमा उनको मृत्यु भएको पुष्टि भएको थियो ।

युनियनले स्व. संस्थापक पत्रकार खड्काको स्मृतीमा अक्षयकोष स्थापना गरी विभिन्न व्यक्ति संघ संस्थाहरु संग सहयोग आह्वान गरेको शाखाका सचिव पवन महाराले जानकारी दिए । महराले जन्मदिनको अवसरमा अक्षयकोषमा रकम जम्मा गर्ने कठायतलाई जन्मदिनको शुभकामना दिनुका साथै धन्यबाद ज्ञापन गरेका छन् ।

प्रेस युनियनले घटना संकास्पद भएकाले सरकारसंग घटनाको गहिरो छानविन गरी मृत्युको कारण पत्तालगाउन र मृतकका परिवारलाई राहतको व्यवस्था गर्न माग गर्दै आएको छ । अक्षयकोषमा बिभिन्न व्यक्तिहरुले जम्मदिनको अवसर पारेर रकम जम्मा गर्दै आएका छन् ।

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल फ्लावरको…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा