डोटीमा ट्राभल हिस्ट्री नभएका ६ जनालाई कोरोना संक्रमण पुष्टी
२०७७ भदौ १२ गते,शुक्रबार
चक्र बलायर,डोटी
डोटीमा हाल सम्म ट्राभल हिष्ट्रि नभएका ६ जनालाई कोरोनाको संक्रमण पुष्टि भएको छ । समुदाय स्तरमा समेत संक्रमण फैलीएको आसंका गरीएको बेला जिल्लामा हाल सम्म ट्राभल हिष्ट्रि नभएका ६ जनालाई कोरोनाको संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । राष्ट्रिय बाणिज्य बैंक दिपायलमा कार्यरत कर्मचारीमा संक्रमण पुष्टि भएपछी डोटीमा कोरोनाको संक्रमण समुदाय स्तरमा फैलिएको आसंका गरीएको थियो । त्यस भन्दा अघि ट्राभल हिष्ट्रि नभएका शिखर नगरपालीकाका ३ जना र सायल गाउपालीकाका २ जनामा कोरोनाको संक्रमण पुष्टि भएको थियो । सिखर नगरपालीकामा भेटिएका संक्रमितहरु भारतबाट आएकाहरुका परीवार रहेको बताइएको छ, भने, सायल गाउपालीकामा क्वारेन्टाइन नजिकै पसल गरेका ब्यापारीहरु र सामान ओसार -पसार गर्नेहरु रहेको बताइएको छ । तर दिपायलमा कार्यरत बैंककी कर्मचारीमा भने कसरी र कहाँबाट कोरोना देखियो भन्ने बिषय अझै अन्योलमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।
बैंकका अन्य कर्मचारीलाई पनि संक्रमण भएको आशंका गरिएपनि कोरोना परीक्षण गर्दा रीपोर्ट भने नेगेटीभ आएको थियो । डोटीमा ट्राभल हिस्ट्री नभएकालाई पनी संक्रमण देखिएपछी कोरोना संक्रमण समुदाय स्तरमै फैलीएको भन्दै चिन्ता ब्यक्त गरीन थालेको छ ।
यता स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेस मलासिले भने भयाबह हुनेगरी अहिलै नै समुदाय स्तरमा कोरोनको संक्रमण नदेखिएको बताउनुभयो । समुदायका केहिलार्ई कोरोना देखिएको भएपनी नियन्त्रणनै गर्न नसकिने गरी समुदायमा कोरोना फैलीनसकेको उहाको भनाई छ । जिल्लामा अहिले कोरोनाको संक्रमण दोश्रो चरणमा रहेको भन्दै तेश्रो चरणपछी भने स्थित गम्भिर बन्न सक्ने उहाले बताउनुभयो ।