संसदिय समितिद्वारा डोटीका जनप्रतिधि र कार्यालय प्रमुख संग छलफल
२०७७ भदौ १२गते,शुक्रबार
चक्र बलायर,डोटी
सुदुरपश्चिम प्रदेशको अर्थ,बिकास तथा प्राकृतिक श्रोत बिकास समितिले डोटीका जनप्रतिनिधि र कार्यालय प्रमुखहरुसंग छलफल गरेको छ । प्रदेशका पहाडी जिल्लामा प्राकृतिक प्रकोपका घटनाले पुर्याएको क्षतिको अनुगमन गर्न आएको टोलीले जिल्लाका जनप्रतिनिधि र कार्यालय प्रमुखहरु संग छलफल गरेको हो ।
छलफलका क्रममा स्थानिय तहका जनप्रतिनिधिहरुले आ-आफ्ना पालीकामा प्राकृतिक प्रकोपका घटनाले पुर्याएको क्षतिको बारेमा समितिलाई जानकारी गराएका थिए ।
छलफलमा सहभागि प्रमुख जिल्ला अधिकारी भिम भट्टराइले बिपद् ब्यबस्थापनका लागि जिल्ला बिपत ब्यबस्थापन समिति सक्रियता पुर्बक लागेको समितिलाई जानकारी गराउनु भएको थियो । उहाँले छलफका क्रममा स्थानिय तहलाई बिपद् ब्यबस्थापनमा सक्रिय रहन पनि आग्रह गर्नुभयो ।
अछामको रामारोसन गाउपालीकामा बाढीले गरेको बितण्डाको अनुगमन गर्दै उक्त संसदिय समिती डोटी पुगेको हो । यस अघि समितिले बाजुरामा पनी प्राकृतिक प्रकोपका घटनाले पुर्याएको क्षतिको अनुगमन गरेको थियो । सभापती हर्क कुवरको नेतृत्वमा आएको टोलीमा सांसद भरत खड्का, सांसद बल बहादुर सोडारी र सांसद अमर बहादुर साउदको सहभागिता रहेको थियो।