कांग्रेस नेता खड्काको पहलमा अवरुद्ध खानेपानी सञ्चालनमा
२०७७, १९ भाद्र शुक्रबार
धनगढी , १९ भदौ– विगत १ महिनादेखी बन्द अवस्थामा रहेको डोटीको दिपायल सिलगढी नगरपालीका वडा नं. १ स्थीत तिखा, गोसेडा र सिरखोली गाउँको खानेपानी सुचारु भएको छ । नेपाली कांग्रेसका युवा नेता जित बहादुर खड्काको पहलमा र स्थानिय युवाहरुको सक्रियतामा खानेपनी सञ्चालनमा आएको हो ।
त्यसै त खानेपानीको समस्या भोग्दै आएका वडाबासी सहज सहारा बनेको खानेपानीको धारामा नै पानी नआउदाँ विगत १ महिनादेखी पानीको समस्याले व्याकुल बनेका थिए । नेता खड्काले खानेपानी मर्मतका लागि चाहिने सामग्री उपलब्ध गराउनुका साथै स्थानीय सँग समन्वय गरेर बन्द रहेको खानेपानी योजना पुनः सुचारु गरेका हुन । २/३ दिनको अथक प्रयास पछि खानेपानी सञ्चालनमा आउको नेता खड्काले बताए ।
‘मौवामेल्लेख जाने बाटोमा रहेको सुवाखानी भन्ने ठाउँमा जेसिबीले बाटो खन्दा पाईप तोडेको रहेछ’ उनले भने ‘वडा नं. १ का तिखा, गोसेडा र सिर्खोलीका स्थानियको सहज खानेपानीको एकमात्र विकल्प नहुदाँ उनिहरुले पानीका लागी हैरानी खेप्नुर्यो, त्यसको समाधानका लागी जेसिबि सञ्चालन गर्ने ठेकेदारले दिएको पाईप पनि टुटेपछि मैले पानी मर्मतका लागी आवश्यक सामग्री समेत लगेर गई पानी सञ्चालनमा ल्याएका हौ ।’ पानी पुनः सञ्चालन भएपछि स्थानीयवासीले खुशी ब्यक्त गरे । उनले पानी ल्याउन पहल गर्ने खड्कालाई धन्यवाद पनि ज्ञापन गरेका छन ।
अत्तरिया अनलाइनबाट साभार