जन्मदिनको अवसरमा पत्रकार ऐरिद्वारा अक्षयकोषलाई आर्थिक सहयोग
धनगढी, भाद्र २० - नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम संयोजक लाल बहादुर ऐरीले आफ्नो जन्मदिनको अवसरमा अक्षय कोषमा आर्थिक सहयोग गरेका छन् । ऐरिले प्रेस युनियन डोटी शाखाले स्व. पत्रकार तेज बहादुर खड्का (तेजु)को स्मृतीमा स्थापना गरेको अक्षय कोषमा १२ हजार २ सय २२ रुपैंया जम्मा गरेका हुन् ।
अक्षय कोषमा सो रकम जम्मा गर्दै सुदूरपश्चिम संयोजक तथा कान्तिपुर टेलिभिजनमा कार्यरत ऐरिले स्वर्गीय पत्रकार खड्का नेपाल प्रेस युनियन डाेटि शाखाका अध्यक्ष हुँदा, आफु डडेल्धुरा शाखाको अध्यक्ष भएको बताए । उनले भने, सञ्चार क्षेत्रमा गरेको योगदान हामी कहिले भुल्ने छैनौ । पत्रकार खड्काको घटना संकास्पद भएकाले सरकारसंग गहिरो छानबिनको माग गर्दछु।´
बाजुराको बुढीनन्दा धार्मिक तथा पर्यटकीय स्थलको रिपोर्टिङ्ग गरेर फर्किने क्रममा पत्रकार खड्का बेपत्ता भएका थिए । बेपत्ता भएका खड्काको तीन बर्ष पछि मात्रै कंगाल भेटिएकोमा डिएनए र घटना स्थलमा भेटिएका सामग्रीको आधारमा उनको मृत्यु भएको पुष्टि भएको थियो ।
नेपाल प्रेस युनियनले घटना संकास्पद भएकाले सरकारसंग घटनाको गहिरो छानविन गरी मृत्युको कारण पत्तालगाउन र मृतकका परिवारलाई राहतको व्यवस्था गर्न माग गर्दै आएको छ ।
युनियनले स्व. संस्थापक पत्रकार खड्काको स्मृतीमा अक्षयकोष स्थापना गरी विभिन्न व्यक्ति संघ संस्थाहरु संग सहयोग आह्वान गरेको शाखाका अध्यक्ष प्रकाश बमले बताए । बमले जन्मदिनको अवसरमा अक्षयकोषमा रकम जम्मा गर्ने केन्द्रीय सदस्य तथा सुदुर पश्चिम संयोजक ऐरिलाई जन्मदिनको शुभकामना दिनुका साथै धन्यबाद ज्ञापन गरेका छन् ।
पत्रकार ऐरि अहिले कान्तिपुर टेलिभिजनमा कार्यरत छन् ।