जिल्ला अस्पतालका बिरामी र बृद्धाश्रमका बृद्धहरुलाई फलफुल बितरण गरि बिपिको जन्मजयन्ती मनाइयो
२०७७ भदौ २४ गते,बुधबार
चक्र बलायर,डोटी
नेपालका प्रथम जननिर्बाचित प्रधानमन्त्री बिश्वेश्वर प्रसाद कोइरालाको १ सय ७ औ जन्म जयन्ति आज डोटीमा पनि मनाइएको छ ।
कोरोनाको कहरका बिच औपचारिक कार्यक्रमको आयोजना नगरिएपनि अस्पतालका बिरामी र बृद्धाश्रमका वृद्धहरुलाई फलफुल बितरण गरेर बिपिको जन्मजयन्ती मनाइएको हो । बिपि कोइराला युबा नेतृत्व बिकास मञ्च डोटीले बिपिको जन्म जयन्तिका अबसरमा डोटी अस्पतालका बिरामि र सिलगढी स्थित पुज्य धर्मान्तक बृद्धाश्रमका वृद्धहरुलाई फलफुल बितरण गरेको हो । कोरोनाको कहरका बिच औपचारिक कार्यक्रमको आयोजन गर्न असम्भब भएका कारण गरीब र दुखिहरुलाई सहयोग गर्नुपर्ने बिपिको सिद्धान्त अनुरुप बिरामि र बृद्धाहरुलाई फलफुल बितरण गरिएको मञ्चका डोटी अध्यक्ष रघु कठायतले बताए ।
नेपाली राजनीतिमा सर्वाधिक रुचाइएका र आदर गरिने नेताका रुपमा स्मरण गरिने कोईरालाको विक्रम संवत १९७१ साल भदौ २४ गते जन्म भएको थियो । उहाँ २०१५ सालमा नेपालकै पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्नु भएको थियो।
बिपि कोइरालालाई नेपाली राजनीतिकसँगै साहित्यको क्षेत्रमा पनि शिखर व्यक्तित्वका रुपमा लिइन्छ । उहाँका थुप्रै कृतिहरु अहिले पनि उत्तिकै लोकप्रिय र दिर्घकालिन महत्वका रहेका छन् । त्यसैगरी उहाँले जोड दिनेगरेको राष्ट्रियता, समाजवाद, लोकतन्त्र र मेलपिलापलगायतका सैद्धान्तिक विषय अहिले पनि बहुस्विकार्य छन् ।