सुजङ्ग अस्पताल द्वारा सेवाग्राहिलाई मध्यनजर गर्दै स्वास्थ्य सेवा बिस्तार

Doti
Doti
September 09, 9:06

२०७७ भदौ २४ गते,बुधबार
चक्र बलायर,डोटी
लामो समय देखि सेवा दिदै आएको सुजङ्ग अस्पताल राजपुर डोटीले सेवाग्राहिको माग र आवश्यकतालाई मध्यनजर गर्दैं स्वास्थ्य सेवा बिस्तार गरेको बताएको छ।

सुदुरपश्चिमका पहाडी जिल्लाको एक मात्र ५० शैयाको उक्त अस्पतालले (गाईनो)महिला विशेषज्ञ सेवा थप गरेको हो । अब देखि नियमित रुपमा उपलब्ध हुने गरी अस्पतालले गोल्ड मेडलिष्ट एम.बि.बि.एस., एम.डी. डाक्टर थप गरेको हो । आज देखि बरिष्ठ प्रसुती तथा स्त्री रोग बिषेशज्ञ एम.बि.बि.एस., एम.डी. डाक्टर पंकज प्रताप देवले सेवा दिन सुरु गरेको अस्पतालले बताएको छ ।

सुदुरपश्चिमका पहाडी क्षेत्रका महिलाहरुमा पाठेघर, स्तन र निःसन्तान सम्बन्धिका बढी समस्या देखिने भएकाले यस क्षेत्रमा सहज स्वास्थ्य उपचारका लागि सेवा बिस्तार गरिएको अस्पताल प्रशासनले जनाएको छ। व्यवसायीक लाभ भन्दा पनी सेवाग्राहि प्रतिको सेवा भावलाई मध्यनजर गर्दै सेवा बिस्तार गरेको अस्पतालका प्रशासन बिभाग प्रमुख अर्जुन बलायरले बताउनुभयो।

बिगत लामो समय देखि यस क्षेत्रका नागरीकलाई सेवा दिदै आएको उक्त अस्पतालले आगामि दिनहरुमा समेत सेवाग्राहिको समस्या र मागलाई मध्यनजर गरी थप सेवा बिस्तार गर्दै लैजाने प्रशासन प्रमुख बलायरले बताउनुभयो।

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल फ्लावरको…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा