आज डोटीमा थप एक जनामा कोरोनाको संक्रमण पुष्टि
२०७७ भदौ २५ गते ,बिहीबार
चक्र बलायर,डोटी
डोटीमा ५ दिनको अन्तरालपछी थप १ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।
जिल्ला अस्पताल डोटीको कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा जिल्लामा थप १ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा जिल्लाको सिखर नगरपालीका वडा नम्बर ७ का २७ बर्षिय पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जानकारी दिएको छ ।
संक्रमण पुष्टि भएका पुरुष १ हप्ता अघि भारतबाट आएका थिए । उनि सहित भारतबाट आएका ६ जना र समुदाय स्तरका १५ जना गरी नगरपालीका भित्र २१ जनाको स्वाब परीक्षणका लागि जिल्ला अस्पताल ल्याइकोमा अन्यको रीपोर्ट भने नेगटीभ आएको नगरपालीकाका स्वास्थ्य शाखा प्रमुख हरीस चन्द्र शाहले जानकारी दिनुभयो ।
केहि समय अघि जिल्लाकै हटस्पटका रुपमा रहेको शिखर नगरपालीकामा पछिल्लो समय भने सक्रिय संक्रमितको संख्या शून्य रहेको थियो । आज २७ बर्षिय पुरुषमा संक्रमण पुष्टि भएपछी नगरपालीका फेरी सक्रिय संक्रमित रहेको स्थानिय तहका रुपमा देखा परेको छ । नगरपालीका भित्र अहिले पनी ४३ जना भारतबाट आएर क्वारेन्टिनमा बसेका छन । उनिहरुको अबको केहि दिनपछी स्वाब संकलन गरेर प्रयोगशालामा पठाउने स्वास्थ्य संयोजक शाहले बताउनुभयो ।
आज संक्रमण पुष्टि भएका पुरुषको स्वास्थ्य अबस्था सामान्य रहेको र उनि स्थानिय तहको आइसोलेसनमा बसिरहेको बताइएको छ । आज १ जना थपिए संगै डोटीमा कोरोना संक्रमितको संख्या ९ सय ५६ पुगेको छ ।