डोटीमा दुई हप्ता अघि देखि सुरु भएको निषेधाज्ञालाई खुकुलो बनाउने निर्णय
२०७७ भदौ २८गते,आइतबार
चक्र बलायर,डोटी
जिल्लाबासिहरुको दैनिकि प्रभाबित हुन थालेको भन्दै डोटीमा दुई हप्ता अघि देखि सुरु भएको निषेधाज्ञालाई खुकुलो बनाउने निर्णय भएको छ ।
जिल्ला कोभिड-१९ संकट ब्यबस्थापन केन्द्रको बैठकपछी जिल्लामा निषेधाज्ञा खुकुलो बनाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ । कोरोनाको ब्यबस्थापन, नियन्त्रण तथा न्युनिकरणमा सफलता प्राप्त भएपनि जिल्लाबासिको दैनिकि असहज हुन थालेपछी निषेधाज्ञा खुकुलो बनाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भिम प्रसाद भट्टराइले जानकारी दिनुभयो । नागरीकहरुको दैनिकि कष्टकर हुदै जाने, सार्बजनीक सेवा प्रबाहमा कठिनाई उत्पन्न हुने, ब्यपार ब्यबसाय र आर्थिक गतिबिधि सञ्चालनमा कठिनाइ हुने लगायतका समस्या देखिन थालेपछी प्राप्त सुझाबलाई मध्यनजर गर्दै निषेधाज्ञा खुकुलो पार्ने निर्णय गरीएको प्रमुख जिल्ला अधिकारी भट्टराइले बताउनुभयो ।
निषेधाज्ञा खुकुलो भएपछी अब जिल्ला भित्र सार्बजनीक तथा निजि सवारी साधनले भौतिक दुरी कायम गरी कुल सिट क्षमताको ५० प्रतिसत मात्र यात्रु बोक्न पाउने भएका छन । जसका लागि अनिबार्य मास्क लगाउनु पर्ने र सेनिटाइजरको प्रयोग गर्नुपर्ने नियम बनाइएको छ । त्यसैगरी उद्योग, ब्यापार र ब्यबसायहरु जनस्वास्थ्य र सुरक्षाका मापदण्ड पुरा गरी बिहान ६ बजे देखि बेलुका ६ बजे सम्म सञ्चालन गर्न पाइने भएको छ ।
होटेल, रेष्टुरेन्ट तथा खाजाघरहरुको हकमा भिडभाड नगरी सञ्चालन गर्न पाउने ब्यबस्था गरीएको छ । सरकारी कार्यालय, बैंक तथा बित्तिय संस्थाका कार्यालय, गैर सरकारी तथा निजि क्षेत्रका कार्यालयहरुले स्वास्थ्य मापदण्ड पुरा गरी सेवा दिन पाइने भएको छ भने, जिल्ला प्रशासनले नागरीकता बितरणको सवालमा गत सावन २२ गते गरेको निर्णय बमोजि तोकेको दिनमा तोकेको स्थानिय तहका नागरीकलाई मात्र उपलब्ध गराइने बताएको छ।