राष्ट्रिय बालदिवसको अवसरमा अायोजना गरिएको भर्चुअल वक्तृत्वकला प्रतियोगितामा केदारेश्वर माबि कपल्लेकीका छात्र प्रथम

Doti
Doti
September 14, 4:28

२०७७ भदौ २९ गते,सोमबार
चक्र बलायर,डोटी
राष्ट्रिय बालदिवसको अवसर पारेर आयोजना गरिएको अन्तर मावि नगर स्तरीय भर्चुअल वक्तित्वकला प्रतियोगितासम्पन्न भएको ।

“विपदमा बालअधिकारको सुनिश्चितता: हामी सबैको साझा प्रतिवद्धता” नारा सहितको १५औं राष्ट्रिय बालदिवसकाअवसरमा
शिखर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाले आयोजना गरेको अन्तर मावि नगर स्तरिय भर्चुअल वक्तित्वकला प्रतियोगितामा १२ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

कोभिड १९ अर्थात कोरोनाले गर्दा बालबालिकाको पठनपाठनमा पारेको प्रभाव र न्यूनीकरणका उपायहरु शीर्षकमा भएको उक्त प्रतियोगितामा केदारेश्वर माविका छात्र नेत्र प्रसाद भट्ट प्रथम भएका छन् । शारदा मावि मुडभराकी छात्रा अरुणिका जोशी दृतीय भएकी छिन् भने गणेश मावि जैनोलीका छात्रा चेतना नौन्याल तृतीय भएकी छिन् । त्यस्तै हरिहर मावि तलकोटकी छात्रा सीमा कुमारी मल्लले सान्तोना पुरस्कार पाएकी छिन् ।

प्रतियोगितामा प्रथम, दृतीय, तृतीय र सान्तोना हुनेलाई क्रमश चार हजार, तीन हजार, दुई हजार, एक हजार र प्रमाणपत्र उपलब्ध गराइने शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख शेरबहादुर कार्कीले बताए ।

शिखर नगरपालिकाका नगर प्रमुख सिताराम जोशी प्रमुख अाथित्यमा सन्चालन भयको उक्त भर्चुअल वक्तित्वकला प्रतियोगितामा नगर उपप्रमुख धौली देवी रावल, डोटी क्याम्पसका उप–प्रध्यापक होमनाथ जोशी , शिक्षा क्षेत्रमा काम गर्ने संस्था सिडिसिका अध्यक्ष हेमराज जोशी, शिखर लर्न एण्ड सेयर ग्रुपका संयोजक शेरबहादुर कठायत, पत्रकार, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा लगायतको सहभागिता रहेको थियो ।

बालबालिकालाई निरन्तर शिक्षासँग जोड्न र उनिहरुको अध्ययनशिलतालाई निरन्तरता दिन प्रेरण मिलोस् भनेर प्रतियोगिताको आयोजना गरिएको नगर प्रमुख सिताराम जोशीले बताए । कोभिड १९ का कारण थला परेको शिक्षा क्षेत्र र बालबालिकाका लागि बैकल्पिक शिक्षाको व्यवस्था गर्न आफुहरु लागि परेको नगर प्रमुख जोशीले बताए ।

कोरोना महामारीका कारण लामो समय लकडाउनका कारण घरभित्रै बसिरहेका बालबालिकाहरूमा आफ्नो प्रतिभा राख्नकाल लागि प्रविधिको उपयोग गरी प्रतियोगिता सञ्चालन गरिएको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख कार्कीले बताए ।

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल फ्लावरको…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा