सामाजिक सेवा दिवसको अवसरमा जिल्ला अस्पताल डोटीमा रहेका बिरामी र बालबालिकालाई फलफुल बितरण

Doti
Doti
September 22, 9:29

सामाजिक सेवा दिवसको अवसरमा जिल्ला अस्पताल डोटीमा रहेका बिरामी र बालबालिकालाई फलफुल बितरण
२०७७, असोज ६ गते मंगलबार
चक्र बलायर ,डोटी
सामाजिक क्षेत्र राष्ट्रिय गौरब अाजको प्राथमिकता , समृद्ध र सुखको लागि सामाजिक रुपान्तरण र उद्यमशिलता भन्ने नाराका साथ डोटीमा क्रियाशिल गैरसरकारी संस्थाहरुले ४१औं सामाजिक सेवा दिवसको अवसरमा जिल्ला अस्पताल डोटीमा रहेका बिरामिहरु,र बाल सुधार गृह सिलगढीमा रहेका बालकहरुलाई फलफुल बितरण गरेको छ ।

Doti


फलफुल बितरण कार्यक्रममा बोल्दै सुदुरपश्चिम प्रदेश सभाका सदस्य भरत बहादुर खड्काले सुदुरपश्चिम प्रदेशलाई समृद्ध प्रदेश बनाउन दक्ष युवा जमातको आवश्यकता रहेको बताए । उनले भने हाम्रो प्रदेश प्रचुर सम्भावना बोकेको क्षेत्र हो युवा वर्गले नबिनतम सोचका साथ अघाडी बढ्नुपर्छ सरकारले लगानी गर्नुपर्छ ।तेसैगरि राज्यका सबै अंगहरु मिलेर अगाडि बढेमा मात्र लोकतान्त्र बलियो हुने र सुदुरपश्चिम प्रदेश सरकारले सामाजिक सेवाको क्षेत्रमा उदाहरणीय काम गर्न नसकेको आरोप समेत लगाए ।

Doti

सामाजिक सेवालाई सुख- समृद्धी र उद्यमशिलता संग पनि जोड्न आवश्यक रहेको गैरसरकारी संस्था महासंघका केन्द्रीय सदस्य लक्ष्मण बहादुर खड्काले बताए । उनले भने सेवा र रुपान्तरण सभ्यताको प्रतिक हो, हामी सबैजना समाजका एकाई हौं र समाज हाम्रो मुल्य र मान्यताको धरोहर हो । त्यसैले प्रत्येक युवामा सामाजिक सेवाको भाव हुनुपर्छ ।
Doti
कार्यक्रममा बोल्दै गैरसरकारी संस्था महासंघ डोटी शाखाका अध्यक्ष रघु बहादुर कठायतले समाज सेवामा नागरीकहरुको आकर्षण अनि नयाँ पुस्तालाई समाज सेवाप्रति अभिप्रेरित गर्नका लागि दिवसको महत्व रहेको बताए । बालसुधार गृहमा रहेका ३८ जना बालकहरुलाई र जिल्ला अस्पतालमा रहेका १० जना बिरामीहरुलाई फलफुल बितरण गरिएको समेत अध्यक्ष कठायतले बताए ।

फलफुल बितरण कार्यक्रममा डोटीका प्रमुख जिल्ला अधिकारी भिम प्रसाद भटराई, सुदुरपश्चिम प्रदेश सभा सदस्य भरत बहादुर खड्का, जिल्ला समन्वय समिति डोटीका संयोजक राम बहादुर ऐर जिल्लामा क्रियासिल संघ संस्थाका प्रमुख प्रतिनिधी, नागरिक समाज, पत्रकार लगाएको सहभागिता रहेको थियो ।

गैरसरकारी संस्था महासंघ डोटी शाखाले आयोजना गरेको फलफुल बितरण कार्यक्रमलाई सामुदायीक बिकास केन्द्र, सम बिकास केन्द्र, सोर्स नेपाल र गुड नेर्भसले आर्थिक सहयोग गरेका थियो ।

२०३४ सालमा समाज कल्याण परिषद स्थापना भएको अवसरमा प्रत्येक वर्ष यस दिवसलाई मनाउन थालिएको हो ।

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल फ्लावरको…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा