बडीकेदार गाउँपालिकाबाट प्रवाह हुने सम्पूर्ण सेवाहरु ७ दिनका लागि बन्द

Doti
Doti
October 02, 8:23

२०७७, असोज १६ गते शुक्रबार
चक्र बलायर ,डोटी
बडिकेदार गाउपालिका एक हप्ताका लागि बन्द गरिएको छ ।

डोटीको बडीकेदार गाउँपालिकामा कार्यरत एक कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै कार्यालयको सम्पूर्ण काम काज एक साताका लागि बन्द गरिएको छ ।

गाउँपालिकामा कार्यरत कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्ठी भएसँगै उच्च सतर्कता अपनाउँदै एक साताका लागि बन्द गर्ने निर्णय गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत खडक बहादुर धामीले बताए ।

असोज ११ र १२ गते शङ्कास्पद ४० जनाको पिसीआर परीक्षणको लागि थ्रोट स्वाब सङ्कलन गरी सेती प्रादेशिक प्रयोगशालामा पठाएकोमा बिहीबार प्राप्त नतिजा अनुसार गाउँपालिकामा कार्यरत एक जनाकर्मचारी, २ जना स्थानीय बासिन्दा र एकजना बोगटान गाउँपालिकाका स्थानीय सहित चार जनामा कोरोना संक्रमण पुष्टि भएको निमित्त प्रशासकीय अधिकृत धामीले बताए ।

गाउँपालिकाले शुक्रबार सूचना जारी गर्दै गाउँपालिकाबाट प्रवाह हुने सम्पूर्ण सेवा तथा कार्यक्रमहरू ७ दिनका लागि बन्द गरिएको जानकारी दिएको छ । गाउँपालिकामा कार्यरत कर्मचारीमा नै कोरोना भाइरस संक्रमणको पुष्टि भएपछि पीसीआर परीक्षण गर्न बाकी सबै कर्मचारीहरूको पीसीआर परीक्षण गरिने समेत धामीले बताए ।

बिहीबार देखिएका तिन जना सँगै गाउँपालिमा हाल सम्म संक्रमणको संख्या १६ जना मात्र रहेको छ । अरू १३ जना उपचार पश्चात घर फर्किसकेका छन् भने ३ जनालाई मात्र आइसोलेसनमा राखिएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल फ्लावरको…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा