बैतडीका स्थानीय तह नीति तथा कार्यक्रम र बजेटको तयारी गर्दै

baitadi
baitadi
June 12, 10:34

अनिल चन्द,जेठ २९ बैतडी –
बैतडीका स्थानीय तहहरु आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणको तयारीमा जुटेका छन् । स्थानीय तहहरुले असार १० गतेभित्र निती तथा कार्यक्रम ल्याइसक्नुपर्ने र असार २५ गतेभित्र बजेट ल्याईसक्नुपर्ने प्रावधान रहेकाले तहहरु त्यसको तयारीमा लागेका छन् । 
समयमै निती तथा कार्यक्रम र बजेट ल्याउन स्थानीय तहहरुले सुझाव संकलन गर्न थालेका छन् । कोरोना भाईरसको महामारीका कारण प्रत्यक्ष सुझाव संकलनका लागि समस्या हुने भएकाले वैकल्पिक माध्यमबाट राय तथा सुझाव संकलन गर्न थालिएको छ । 
जिल्लाको मेलौली नगरपालिकाले सार्वजनिक सूचना आह्वान गरेर आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणका लागि सुझाव माग गरेको छ । कोरोना भाईरसको महामारीका कारण इमेल मार्फत सुझाव पठाउन आग्रह गरिएको मेलौली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्धिराम उपाध्यायले बताए । नगरपालिकाले लिएको लक्ष्यलाई प्राप्त गर्नका लागि निती तथा कार्यक्रम र बजेट निर्माण हुने भएकाले सोही अनुसार सुझावहरु माग गरिएको उनले बताए । आगामी आर्थिक बर्षको बजेट निर्माणका लागि केही दिनभित्रै सुझाव संकलनको तयारी भईरहेको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले जानकारी दिए । उनले भने ‘हामीले छिट्टै सुझाव संकलनको तयारी गरेका छौं । समयमै नीति तथा कार्यक्रम र बजेट ल्याउने पक्षमा छौं ।’
यस्तै सुर्नया गाउँपालिकाले पनि आगामी आर्थिक बर्षको बजेट निर्माणका लागि आन्तरिक तयारी गरिरहेको गाउँपालिकाका सूचना अधिकारी सुरेन्द्र धामीले जानकारी दिए । उनले भने ‘आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारीमा लागेका छौं । यसका लागि हामीले विभिन्न माध्यमबाट सुझाव संकलनको तयारी गरेका छौं ।’
जिल्लाका अन्य स्थानीय तहहरुले आगामी आर्थिक बर्षको निती तथा कार्यक्रम र बजेट निर्माणका लागि तयारी सुरु गरेका छन् । गतविगत बर्षहरुमा कतिपय स्थानीय तहहरुले समयमै बजेट ल्याउन नसक्दा आलोचना खेप्दै आईरहेकोमा यो बर्ष समयमै बजेट ल्याउने अपेक्षा गरिएको छ । 
तर स्थानीय तहहरुले आफ्नो बजेट कार्यान्वयन समयमै गर्न नसकेका कारण स्थानीय सरकारहरु पछिल्लो समयमा आलोचित बन्दै गएका छन् । असारे विकासको प्रवृति दोहरिँदै जाँदा स्थानीय सरकार प्रति नागरिकको विश्वास घट्दै गएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

धनगढीको शिवनगरमा संचालनमा आयो पिके हेअर सैलुन एण्ड…
धनगढी । धनगढीको शिवनगरमा पिके हेअर सैलुन एण्ड जेन्स पार्ल  संचालनमा आएको छ ।  धनगढी उपमहानगरपालिका… विस्तृतमा
शिव शिखर सहकारीको कारोबार यकिन गर्न सकस
काठमाडौं । ३६ जिल्लामा शाखा रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको हालसम्म ११ शाखामात्र सिल… विस्तृतमा
सुनकाे भाउ अहिलेसम्मकै महँगाे, तोलाकाे १ लाख १७ हजार…
काठमाण्डाै / सुनको भाउ अहिलेसम्मकै महँगाे भएको छ । आज नेपाली बजारमा सुन अहिलेसम्मकै महँगो प्रतितोला… विस्तृतमा
सीमा क्षेत्रमा भारुको कारोबार नहुँदा व्यापार व्यवसायमा…
धनगढी । सीमा क्षेत्रका सहरमा रु एक सयभन्दा बढी दरका भारतीय मुद्राको कारोबार नहुँदा व्यापारिक… विस्तृतमा