निरन्तर वर्षा, खोलाले बगाउँदा दुईजना वेपत्ता, एक घर भत्कियो, राजमार्ग अवरुद्ध

bajura news
bajura news
June 14, 9:53

 बाजुरा ः ३१ जेठ 
 बुढीनन्दानगरपालिका ३ की एक महिलालाई खोलाले बगाउँदा बेपत्ता भएकी छन् । बेपत्ता हुनेमा सोही नगरपालिका ३ का मनबहादुर लुहारकी ३५ वर्षीया श्रीमती मोतीकला लुहार रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी निरीक्षक धनदेव साउँदले जानकारी दिएका छन् ।  सोमबार बिहान धानको बेर्ना गोढ्न जाने क्रममा चिप्लिएर बड्डीगाड खोलाले बगाएपछि मोतीकला बेपत्ता भएकी हुन ।  
बेपत्ता महिलाको खोजीकार्य भइरहको प्रहरी निरीक्षक साउदले बताए। त्यसैगरी त्रिबेणी नगरपालिका ५ कम्नीमा एक ११ वर्षीय बालक बेपत्ता भएका छन्। लगाताको वर्षाका कारण गाउँनजिकैको भलखोला उर्लेर आएपछि हेर्न जाने क्रममा घुर्या बुढाका अन्दाजी १०÷११ वर्षीय छोरा वेपत्ता भएको त्रिवेणी नगरपालिका प्रवक्ता प्रेम थापाले जानकारी दिए ।
घटनास्थलमा प्रहरी टोली गएको छ । टेलिफोन अवरुद्धका कारण प्रहरी टोलीसमेत सम्पर्कमा नरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । 
यस्तै वर्षात् बुढीनन्दानगरपालिका ८ मा एक घर भत्किएको छ । स्थानीय खेमराज कठायतको घरको छानो भत्किएको प्रहरीले जानकारी दिएको छ ।  घर भत्किएको तर अन्य मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता धनदेव साउँदले जानकारी दिएका छन् ।  घटनास्थलमा प्रहरी पुगिसकेको र पीडित परिवारलाई नजिकै आफन्तकोमा व्यवस्थापन गरिएको प्रहरीले जानकारी दिएको छ । 
लगातारको वर्षाका कारण बाजुरा सदरमुकाम जोड्ने मुख्य साफेमार्तडी राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग अन्र्तगत बार्जुगाडी, ताँप्रीसेरा, बल्दे, द्धारी, तिपाडा लगाय तदर्जनौं ठाउँमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनदेव साउँदले जानकारी दिए । 
बार्जुगाडा सडकमा पहिरो गएको छ। ताप्रीसेरामा बुढीगंगा नदीले सडक बगाएर सडक भएको ठाउँमा नदी बग्न थालेको छ । सडकमा नदी बग्न थालेपछि पदैल यात्रीलाई समेत एक घण्टाको उकालो चढेर  पैदलयात्रा गर्न वाध्य छन्। लगातार पानी परिरहेकाले सडक तत्काल खोल्न नसकिने सडक डिभिजनले जानकारी दिएको छ । 
त्यस्तै बाजुराको पूर्वी उत्तरी क्षेत्र जोड्ने कार्तडी कोल्टि सडक अवरुद्ध भएको छ । बाउली, अनाई, दानसागुलगायत खोलामा पानीको बहाव बढेको छ। सडक ठाउँ ठाउँमा भासिएकाले  अबरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा जिल्ला सदरमुकाम तथा जिल्ला बाहिर जान समेत स्थानीयलाई समस्या भएको छ ।
 

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा