अपाङ्गता भएका व्यक्तिलाई शिक्षाको पहुँचमा पुर्‍याउन जोड

dgdg
dgdg
March 15, 4:09

असार ३१ – नेपाल अपाङ्ग महिला संघ र अष्ट्रेलियन अवार्ड नेपालको सहयोगमा अष्ट्रेलियन अवार्ड अल्मुनाई इनोभेसन च्यालेन्ज कार्यक्रम सम्पन्न भएको छ । शनिवार राजधानीमा भएको कार्यक्रममा नेपाल अपाङ्ग महिला संघकी अध्यक्ष निर्मला धितालले सबैलाई अपाङ्गता सम्वन्धि शिक्षा नीति नियम र कार्यक्रमको विषयमा सरोकारवाला निकायलाई अभिमुखीकरण गर्ने र अपाङ्गता भएका बालबालिकाहरुलाई शिक्षा दिने विषयमा अष्ट्रेलियमा सिकेका सीपहरुलाई प्रयोगमा ल्याउन सकिने बताइन् ।

त्यस्तै बौद्धिक अपाङ्गता अभिभावक महासंघका अध्यक्ष राजु बस्नेतले समावेशी शिक्षाको विषयमा सबैलाई बुझाउन जरुरी रहेको बताए । कार्यक्रममा नेपाल अपाङ्ग मानव अधिकार केन्द्रकी अध्यक्ष तारा वदन सेंडाइले सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरुको शिक्षामा पहुँच पुर्याउन अपाङ्गता अनुकुलको वातावरण निर्माण गर्नु पर्ने कुरामा जोड दिइन् ।

नेपाल अपाङ्ग महिला संघकी महासचिव मिना पौडेल र स्वावलम्वन जीवन पद्धती केन्द्र काठमाण्डौंकी महासचिव जमुना सुवेदीले अष्ट्रेलियामा गएर अपाङ्गता भएका व्यक्तिहरुको समावेशी शिक्षाको विषयमा सिकेका कुराहरुको विषयमा अनुभव सुनाए ।

साथै राष्ट्रिय अपाङ्ग महमसंघ नेपालका अध्यक्ष सुदर्शन सुवेदीले सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरुको शिक्षामा पहुँच पुर्‍याउनका लागि आ–आफ्नो तर्फबाट सक्दो सहयोग गर्नु पर्ने बताए ।

कार्यक्रममा शिक्षा विभागका उपनिर्देशक तथा समावेशी शिक्षा शाखाका प्रमुख गणेश प्रसाद पौडेलले समावेशी शिक्षाको सन्दर्भमा संवैधानिक कानूनी एवं नीतिगत व्यवस्थाको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

सम्बन्धित वर्गका समाचारहरू

धनगढीको शिवनगरमा संचालनमा आयो पिके हेअर सैलुन एण्ड जेन्स पार्ल…
धनगढी । धनगढीको शिवनगरमा पिके हेअर सैलुन एण्ड जेन्स पार्ल  संचालनमा आएको छ ।  धनगढी उपमहानगरपालिका… विस्तृतमा
शिव शिखर सहकारीको कारोबार यकिन गर्न सकस
काठमाडौं । ३६ जिल्लामा शाखा रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको हालसम्म ११ शाखामात्र सिल… विस्तृतमा
सुनकाे भाउ अहिलेसम्मकै महँगाे, तोलाकाे १ लाख १७ हजार रुपैयाँ
काठमाण्डाै / सुनको भाउ अहिलेसम्मकै महँगाे भएको छ । आज नेपाली बजारमा सुन अहिलेसम्मकै महँगो प्रतितोला… विस्तृतमा
सीमा क्षेत्रमा भारुको कारोबार नहुँदा व्यापार व्यवसायमा असर
धनगढी । सीमा क्षेत्रका सहरमा रु एक सयभन्दा बढी दरका भारतीय मुद्राको कारोबार नहुँदा व्यापारिक… विस्तृतमा