बाजुरामा भीरबाट खसेको ढुंगाले लागेर सेनाको मृत्यु

news
news
June 20, 7:05

बाजुरा,असार ६  
जगन्नाथ गाउँपालिकाको वडा न ३ मा पर्ने कर्णाली करिडोरमा माथीबाट खसेको ढुङ्गा लागेर एक जना नेपाली सेनाका प्युठको मृत्यु भएको छ ।
कर्णाली करीडोरमा काम गर्ने नेपाली सेना बर्ष ३८ कादिलबहादुर भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
मृतक भण्डारी हिमाली गाउँपालिका वडा न ४ बाजुराकै रहेका बुझिन आएको प्रहरीले जनाएको छ । आइतबार विहान खबर प्राप्त भएपछि उनको मृत्यु बारे थप बुझ्न नेपाल प्रहरीको टोली घटना स्थलतर्फ गएको प्रहरीले जनाएको छ । 
यसैबीच अबिरल वर्षका कारण शनिबार राति बडीमालिका नगरपालिकाकी नगर उपप्रमुख कबिता विष्टको घरलगायत चैडिल  भुवखाडाको पुरै वस्ती जोखिममा परेको हो । शनिबार राति आएको पानीका कारण घरमाथि बाट पहिरो खस्दा भलमाटो घरभित्र पसेको छ ।
बस्ती जोखिममा आइतवार विहानै  नेपाली सेना, नेपालप्रहरी, शसस्त्र प्रहरीवलले लगायत स्थानीय वासिन्दा उप–मेयर विष्टको उद्धार गरेका हुन् ।  उपमेयर विष्टको घर भग्नावेश भएपछि आइतवार विहानै त्रिबेणी बचत तथा ऋण सहकारी संस्थाको भवनमा सारिएको छ ।
गएरातिको पहिरोले बाल मन्दिर बिद्यायालयको नवनिर्मित भवन, साना किसान सहकारीको नवनिर्मित भवन, बिरबहादुर थापा, मथुराराज पण्डित, संगिता सिंह, मानवहादुर थापा, धनवहादुर रावल, प्रेमरमज पाध्यायलगायतका सदरमुकाम भित्रकै दर्जनौं घरपरिवार जोखिममा छन् । त्यसैगरी पहिरोवाट त्रिबेणी सानाज लविद्युतको नहर पनि पुरिएको छ ।
बडिमालिका नगरपािलका वडा नं. ७ का नरल्वारको घर पनि पहिरोमा परेको छ । सदरमुकाम मार्तडी नयाँ बस पार्क भत्किदा प्रकाश थापाको घर पुरिएको छ । साँफे–मार्तडी सडक खण्डको अम्कोटदेखि द्धारीसम्म पहिरोले  थप क्षेद्बिच्छेद भएको छ । दुुई हप्तायता सदरमुकाम मार्तडीको यातायात ठप्प छन्  ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा