करिब ९ हजार शिक्षक पदको लागि खुल्ला विज्ञापन खुल्दै

ggf
ggf
March 15, 4:40

शिक्षक सेवा आयोगले आगामी चैतमा शिक्षकको खुल्ला विज्ञापन खोल्ने भएको छ । आयोगका सूचना अधिकारी रामराज खकुरेलले यसै वर्षको अन्ततिर खुल्लाको विज्ञापन खोल्ने तयारीमा आयोग रहेको जानकारी दिए । उनले अब हुने विज्ञापनमा करिब ९ हजार जति पदका लागि विज्ञापन हुने सम्भावना रहेको बताए ।

यसअघि भर्खरै आयोगले खुल्लाको परीक्षा सकेको छ भने नतिजा आउन अझै बाँकी रहेको छ । आयोगले अहिले १२ हजार ७३७ पदको लागि खुल्लाको विज्ञापन गरेको थियो  । जसमा  प्रावि तहका लागि ९ हजार ९९६, निमावि तहका लागि १ हजार ६३३ र मावि तहका लागि १ हजार १०८ पदको लागि विज्ञापन भएको सूचना अधिकारी खकुरेलले जानकारी दिए । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार भने अहिले थप २३ हजार शिक्षक आवश्यक छ । यद्यपि आयोगले भने ९ हजार पदको लागि मात्रै विज्ञापन गर्ने सम्भावना रहेको जनाएको छ । 

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बाबुराम पौडेलले आयोगलाई आन्तरिक विज्ञापनको नतिजाबाट जति रिक्त देखिन्छ, ती सबै पदका लागि विज्ञापन खुल्ला गर्न सरकारले अह्राएको बताए । 

Barakhari बाट साभार

सम्बन्धित वर्गका समाचारहरू

धनगढीको शिवनगरमा संचालनमा आयो पिके हेअर सैलुन एण्ड…
धनगढी । धनगढीको शिवनगरमा पिके हेअर सैलुन एण्ड जेन्स पार्ल  संचालनमा आएको छ ।  धनगढी उपमहानगरपालिका… विस्तृतमा
शिव शिखर सहकारीको कारोबार यकिन गर्न सकस
काठमाडौं । ३६ जिल्लामा शाखा रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको हालसम्म ११ शाखामात्र सिल… विस्तृतमा
सुनकाे भाउ अहिलेसम्मकै महँगाे, तोलाकाे १ लाख १७ हजार…
काठमाण्डाै / सुनको भाउ अहिलेसम्मकै महँगाे भएको छ । आज नेपाली बजारमा सुन अहिलेसम्मकै महँगो प्रतितोला… विस्तृतमा
सीमा क्षेत्रमा भारुको कारोबार नहुँदा व्यापार व्यवसायमा असर
धनगढी । सीमा क्षेत्रका सहरमा रु एक सयभन्दा बढी दरका भारतीय मुद्राको कारोबार नहुँदा व्यापारिक… विस्तृतमा