सुदूरपश्चिमका राजमार्गमा हराउँदै ट्राफिक संकेत

सुदूरपश्चिमका राजमार्गमा हराउँदै ट्राफिक संकेत
सुदूरपश्चिमका राजमार्गमा हराउँदै ट्राफिक संकेत
June 24, 4:59

विमल बहादुर विष्ट, डोटी ः  सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला बैतडी, बझाङ, डडेल्धुरा, बाजुरा, दार्चुला तथा डोटीका विभिन्न राजमार्गमा राखिएका ट्राफिक चिन्ह वर्षेनी हराउँदै जान थालेका पाइएको छ ।
राजमार्गमा रहेका ट्राफिक चिन्ह हराउँदै तथा चोरी हुँदै गरेका विषयमा यहाँका सञ्चारकर्मीले पटकपटक समाचार सम्प्रेषण गर्दा पनि सम्बन्धित निकायले त्यसको रोकथाम तथा नियन्त्रण गर्न सकेको छैन । 
हराएका ठाउँमा नयाँ ट्राफिक चिन्हसमेत राख्न नसकेका कारण झनै समस्या हुँदै आएको छ। राजमार्गमा राखिएका ट्राफिक चिन्ह हराउँदै गरेका विषयमा सम्बन्धित निकायमा पटकपटक जानकारी दिँदा कुनै पहल हुन नसकेको दिपायलका सञ्चारकर्मी मोहन पनेरुको भनाइ छ ।
यहाँका सात पहाडी जिल्लाका राजमार्गमा राखिएका ट्राफिक सङ्केत अर्थात् चिन्ह वर्षेनी नहुँदा चालकलाई गाडी चलाउन समस्या हुँदै आएको गुनासो बढेको छ । सडक डिभिजन कार्यालय गोदावरीले यहाँका पहाडी जिल्लाका राजमार्गमा ट्राफिक सङ्केत राख्दै आए पनि वर्षेनी हराउने तथा चोरिने भएका कारण समस्या हुँदै आएको जनाएको छ । 
पछिल्लो समय यहाँका पहाडी राजमार्गमा राखिएका ट्राफिक सङ्केत हराउँदै गएका कारण चालकलाई पनि गाडी चलाउन सकस हुँदै आएको बताइएको छ। कतिपय ठाउँमा राखिएका ट्राफिक सङ्केत हराउने तथा अनाधिकृत व्यक्तिले उखेलेर लैजाने गरेका कारण बाटोको अवस्था बारे चालकलाई जानकारी नहुँदा दुर्घटनाको जोखिम पनि बढ्दै गएको छ । 
कैलालीको अत्तरीयादेखि डडेल्धुराको स्याउले जोड्ने भीमदत्त राजमार्ग, डडेल्धुरा बैतडी जोड्ने महाकाली राजमार्ग, दशरथचन्द राजमार्ग, स्याउले दिपायल जोड्ने डाक्टर केआइसिंह राजमार्ग, बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग तथा दिपायल–साँफेबगर जोड्ने पहलमान सिंह स्वाँर राजमार्गमा राखिएका कतिपय ट्राफिक चिन्ह जीर्ण बन्दै गएका भए पनि मर्मत तथा सुधारका लागि पहल हुन नसकेका कारण झनै समस्या भएको चालक बताउछन् ।
यहाँका पहाडी राजमार्ग निकै साघुँरा भएका तथा त्यसैमा पनि कतिपय ठाउँमा ट्राफिक सङ्केत नभएका कारण चालकलाई सवारीसाधन सञ्चालन गर्नमा कठिनाइ हुनाका साथै दुर्घटना बढ्ने गरेको सुदूरपश्चिम बस व्यवसायि समितिका बस चालक दुर्गा ओझाले बताए ।
ट्राफिक सङ्केत नहुँदा सबैभन्दा बढी लामो दूरी तथा रातिको समयमा गाडी चलाउने चालकलाई बढी समस्या हुने गरेको उनको भनाइ छ । यहाँका पहाडी जिल्लाका राजमार्गमा वर्षेनी ट्राफिक सङ्केत हराउँदा तथा चोरी हुँदा त्यसको नियन्त्रण तथा मर्मतका लागि सम्बन्धित निकायबाट खासै पहल हुन नसकेको स्थानीयवासीको आरोप छ । 
ट्राफिक चिन्हले अगाडि आउने बाटोको अवस्था तथा राति गाडी चलाउँदा गाडीको उज्यालोबारे जानकारी दिने भएका कारण गाडी सञ्चालनमा सहजता हुने भए पनि ती चिन्ह नै नहुँदा समस्या हुने गरेको शैलेस्वरी यातायात व्यवसायी प्रालि दिपायलका बस चालक कृष्णबहादुर साउदले बताए ।
यहाँका पहाडी राजमार्गमा भएका ट्राफिक सङ्केतलगायत सुरक्षा तथा दुर्घटनाका बारेमा तत्काल जानकारी दिनका लागि सडक कार्यालयले यहाँका विभिन्न राजमार्गका सडकमा सडक कर्मचारी राखेको भए पनि ट्राफिक सङ्केत कसले लैजान्छ भन्ने बारे जानकारी नहुँदा चोर पक्राउ गर्न समस्या हुने गरेको सडक डिभिजन कार्यालय दिपायलका प्रमुख सुदर्शन कार्कीले बताए । रासस
 

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा