बाजुरामा पनि सहकारी बैंकको सेवा बिस्तार

news doti
news doti
June 26, 2:26

बाजुरा -राष्ट्रिय सहकारी बैंकले आफ्नो सेवा बाजुरामा पनि सञ्चालन गरेको छ । बाजुराका  प्रख्यात सहकारी संस्था त्रिबेणी बचत तथा ऋण सहकारी संस्था लि‍‍. बडिमालिका ८  मार्तडी र जनकल्याण बहुउद्येश्यी सहकारी संस्था लि. बुढिगँगालाई एकै साथ लगानी गरी आफ्नो सेवा विस्तार गरेको राष्ट्रिय सहकारी बैंक प्रादेशिक कार्यालय धनगढी शाखा प्रमुख कृष्ण रावलले जानकारी दिए ।

सहकारी मार्फत सदस्यलाई ब्यबसायिक बनाई समुदायको आर्थिक तथा सामाजिक विकासमा टेवा पुु¥याउने उद्येश्यले  सहकारी बैंकले पहिलो पटक बाजुरामा सेवा थालनी गरेको  शाखा प्रमुख रावलले बताए ।  प्रथम पटकलाई जिल्लाका दुुई संस्थालाई   शुक्रवार ५०/५०  लाख रुपैंया विना धितो ऋण लगानी गरेको हो । सहाकारी संस्था प्रवद्र्धन कार्यक्रम अन्तरगत उक्त ऋण लगानी गरेको बताइएको छ ।

एक हजार रुपैंयाको शेयर ,पाँच सय रुपैंया प्रवेश शुल्क गरी जम्मा पन्ध्रसय रुपैंयामा  जुनसुुकै सहकारी संस्था ले पनि उक्त बैंकको सदस्य बन्न पाउने प्राबधान छ । धनगढी शाखमा हाल ३५० बढी  सहकारी संस्थाहरु उक्त संघको सदस्य रहेका छन् ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा