माधव नेपालले दिए देउवालाई बधाई

nepal news
nepal news
July 12, 4:25

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवालाई बधाई दिएका छन्। प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई बदर गर्ने सर्वोच्च अदालतको फैसला सार्वजनिक भएसँगै नेपालले देउवालाई फोन गरेर बधाई दिएका हुन्।सर्वोच्च अदालतले देउवालाई दुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ। देउवालाई एमालेका माधव नेपाल पक्षका २६ सांसद्ले हस्ताक्षर गर्दै प्रधानमन्त्रीका लागि समर्थन गरेका थिए। तर, राष्ट्रपति विद्यादेवी भण्डारीले देउवाको दाबीलाई पनि अस्वीकार गरेकी थिइन्। त्यसपछि भएको प्रतिनिधि सभा विघटन विरुद्ध नेपाल पक्षका २३ सांसद् समेतको हस्ताक्षर सर्वोच्चमा रिट दायर गरिएको थियो।

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको खुलासा
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा