‘नेपाल लोक स्टार’ बाट बाहिरिए बाजुराका पविन्द्र

Pabindra Sunar
Pabindra Sunar
October 12, 12:50

धनगढी, असोज २५ - 

मौलिक रियालिटी शो ‘नेपाल लोक स्टार’बाट बाजुराका पविन्द्र सुनार बाहिरिएका छन् । उनी बाहिरिएसँगै ‘नेपाल लोक स्टार’मा चार जना प्रतिस्पर्धी बाँकी रहेका छन् । रामकुमार नेपाली, शनी विश्वकर्मा, विनोद दनुवार र चेतन गोतामे फाइनलमा पुगेका छन् ।

३२औं श्रृंखला प्रशारण हुँदा चार उत्कृष्ट फाइनलिष्ट तयार भएका हुन् । कैलालीको टीकापुर बहुमुखी क्याम्पसमा अध्ययनरथ सुनार सानैदेखि लोकगीतमा रुचि राख्दै आएका थिए । उनले बाजुराबाट कैलाली आएपछि खप्तड सांस्कृतिक क्लबको सहयोगमा विभिन्न ठाउँमा गीत गाउने अवसर पनि पाएका थिए ।

उत्कृष्ट २० देखि ८० प्रतिशत भोटिङ र २० प्रतिशत निर्णायकको नम्बरका आधारमा ‘शो’मा प्रतिस्पर्धीको निर्णय हुँदै आएको थियो । ‘नेपाल लोक स्टार’का अनुसार अब आज (शनिबार दिउँसो १२ बजेबाट कात्तिक ८ गतेसम्म चार प्रतिस्पर्धीलाई स्रोता तथा दर्शकले भोट गर्न पाउने छन् ।

प्राप्त भोटका आधारमा विजेता घोषित हुने छन् । विजेताले करसहित नगद ५० लाख रुपैयाँ पाउने छन् । आयोजकका अनुसार दोस्रो हुनेलाई २५ लाख (करसहित) र तेस्रो हुनेलाई १० लाख रुपैयाँ (करसहित) पुरस्कार प्रदान गरिने छ ।

सम्बन्धित वर्गका समाचारहरू

चलचित्र ‘काँडेतार’को च्यारिटी-सो
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ ।  सीमा… विस्तृतमा
सहिद परिवारलाई सहयोगार्थ काँडेतारको ‘च्यारिटी सो’
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा
रानाथारु समुदाय थारुभित्रै हुनुपर्ने बहस
धनगढी । थारु आयोगले थारु जातिबाट अलग्गिएर छुट्टै जनजातिमा सूचीकृत भएको रानाथारु समुदाय थारुभित्रै… विस्तृतमा
कम्युनिष्ट पार्टी, संगठनात्मक प्रणाली र अनुशासन
कम्युनिष्ट -communist_को अर्थ “महत्वपुर्ण राजनीतिक शब्द ज्ञानमा” यस प्रकार परिभाषित गरिएको छ ।  “… विस्तृतमा