पूजापाठ गरेर प्रधानमन्त्री देउवा बालुवाटार सर्दै

news doti
news doti
July 16, 11:26

काठमाण्डौ १ साउन/ प्रधानमन्त्री शेरबहादुर देउवा आज सरकारी निवास बालुवाटार सर्दै हुनुहुन्छ । गएको मङ्गलवार प्रधानमन्त्रीमा नियुक्त भएर शपथ लिएका उहाँ आज बालुवाटार सर्न लाग्नु भएको हो । धेरैजसो काम गर्दा शुभ साइत हेर्ने उहाँले आज पनि साइत पारेर बालुवाटार सर्न लाग्नु भएको बुझिएको छ ।

साउने सङ्क्रान्ति पनि परेकाले पूजापाठ गरेर उहाँ आज सरकारी निवास जाने निजी सचिवालयले जनाएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले सोमवार संसद पुनःस्थापना गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली अस्ति निजी निवास बालकोट सरिसक्नु भएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको खुलासा
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा