साउनमा किन लगाइन्छ हरियो पहिरन ?

ssss
ssss
July 16, 12:26

sasaमोहन पनेरु
आज बाट साउन महिना सुरु भएको छ । साउनको सुरुवातसंगै अहिले अधिकाशं महिलाका हातमा मेहन्दी र रंगीबिरंगी चुराले सजिएको देख्न सकिन्छ । त्यसमाथि नेपाली हिन्दु नारीहरुका लागि साउन विशेष महत्वको महिना भएकाले पनि यो महिना सुरु हुन नपाउंदै महिलाहरु रंगीन हुन थालेका हुन् । अहिले स–साना बालिका, युवती, अधबैंसे नारी हुन् या बृद्ध महिला, यतिबेला सबैको नाडीमा काँचका हरिया र पहेला  चुराले सजिएको देख्न पाइन्छ ।
साउन लागे लगत्तै हिन्दु महिलामा छुट्टै उत्साह र उमंग छाएको छ । रातो, पहेंलो र हरियो र पहेलो चुरा पोते तथा कपडामा सजिएका महिलाको मन्दिर र बाटोघाटोमा चहल–पहल देखिन्छ । पछिल्ला वर्षमा साना बालिका र किशोरीमा समेत मेहेन्दी,हरियो र पहेलो चुरा लगाउने ’क्रेज’ बढ्दो छ । धेरैले यसलाई फेसनका रुपमा लगाएका छन् भने कतिले धार्मिक महत्व बुझेर विश्वासमा लगाएका छन ।
साउनमा हरियो, पहेंलो र रातो चुरापोते एवं कपडा लगाउनुको पनि आफ्नै अर्थ छ । हरियोलाई प्रेम र वातावरणको, रातोलाई सौभाग्यको एवं पहेंलोलाई पवित्रताको प्रतीकको रुपमा लिइन्छ । साउनमा चुरापोते र कपडासँगै हातभरि मेहन्दी लगाउने चलन पनि छ । हत्केलामा जति बढी गाढा मेहन्दीको रंग राख्यो, उति नै बढी श्रीमानको माया पाइन्छ भन्ने विश्वास गर्नेहरु पनि उत्तिकै छन । त्यसैले साउनमा मेहन्दी हरियो चुरा पोतेको क्रेज कतिसम्म छ भने घरायसी महिलामात्र नभएर कार्यालयमा काम गर्नेदेखि ड्युटीमा खटिएका महिला प्रहरीले समेत हरियो चुरा पोते लगाउदै आएका छन् ।
के हो धार्मीक विश्वास ?
धार्मीक मान्यता अनुसार साउन शिवको आराधना गर्ने महिनाका रुपमा लिइन्छ । पौराणिककालमा पार्वतीले साउन महिना भरि निराहर रही कठोर व्रत बसेर ‘भगवान शिव’लाई प्राप्त गरेको धार्मीक विश्वासको आधारमा महिला हरूले यसलाई बढी महत्वको रुपमा लिने गर्छन् । साथै साउनमा हरियो पहिरदाँ शिव खुसी हुने धार्मिक विश्वास छ । हरियो रङ सौभाग्यको प्रतीक हो । श्रावण हरियालीको महिना भएकाले प्रकृतिसँग आफूलाई जोड्न र नजिकिन पनि हरियो लगाउने गरिन्छ । शास्त्र मा प्रकृतिलाई ईश्वरको रुपमा लिइन्छ । हरियो चुरा र साडी लगाएर नारीले प्रकृतिलाई विशेष पुजा गरेमा आफू र पतिको आयू समेत बढने धार्मीक विश्वास छ ।
धार्मिक ग्रन्थमा साउनमा हरियो वस्त्र, चुरा र टीका लगाउनुपर्छ भन्ने उल्लेख छैन ।   ‘साउनभरि हरियो वस्त्र, हरियो चुरा, हरियो पोते र हरियो टीका लगाउने चलन प्राकृतिक सम्मानसँग जोड्न सकिन्छ।’
उसो त खेतमा काम गर्दा हातखुट्टामा लागेको चोट हटाई मुलायम बनाउन मेहदीका रुपमा तिउरी लगाउने चलन गाउँघरतिर अझै छ । चरकसंहितामा साउन महिनालाई वसन्तपछि बहार आउने अर्को महिनाका रूपमा व्याख्या गरिएको छ । कतिपयले साउनलाई आत्मशुद्धिको महिना मानेका छन् । प्रकृतिप्रति कृतज्ञता ज्ञापन गर्ने र प्रकृतिप्रति समर्पण गर्ने महिना भएकाले नारीहरूले हरियो पहिरन लगाउने गरेका हुन् । यस्तै साउन आत्ममन्थन गर्ने समय पनि हो।
हरियो रङ धेरै प्रसंग र विश्वाससँग जोडिएको छ । त्यसैले महिला साउनमा हरियो कपडा तथा चुरा लगाउनुपर्छ भन्ने मान्यता राख्छन्। अर्कोतर्फ समय अनुसारको बदलिँदो फेसन शैलीले झनै आकर्षण बढाएको देखिन्छ ।
प्रकृतिमा घुलेको हरियो रङले मन खुसी बनाउँछ । हरियो मौसममा रमाउनु प्रकृतिसँग मनको मेल हुनु हो । यसबाट मानिसमा प्रेमभाव उत्पन्न हुन्छ। हरियो रङमा सकारात्मक ऊर्जा, अपेक्षा र प्रेमको भाव अडिएको हुन्छ ।

news doti

नयाँ डिजाइन छैन्न
पछिल्लो समय पसलमा हरियो चुरा, मेहदी लगायतका अन्य शृंगारिक सामानको बिक्रीका लागि सामान राख्नेको होड छ । विगतमा कपडा, चुरा, मेहदीका नयाँ डिजाइन आउँथे । यस वर्ष लकडाउनले गर्दा  कपडा, चुरा लगायतका डिजाइन नआएको डोटी स्थीत पिपलला बजारका व्यापारी बिरेन्द्र शाह बताउँछन् ।
लकडाउनका कारण काम गर्ने मानिस नभएको र बाहिरबाट पनि नयाँ डिजाइन नभित्रिएको उहाँको  भनाइ छ । कोरोनाका कारण गत वर्षको तुलनामा ५ प्रतिशत मात्रै ग्राहक आएको व्यापारी सुनाउँछन्  ।
उनी भन्छन्, ‘लकडाउनका कारण ठप्प व्यापार साउन लागेपछि मेहदी र चुराले गर्दा केही बढेको छ । गत वर्षको तुलनामा ५ प्रतिशत मानिस मात्रै किन्न आएका छन ्।’ ग्राहकले पनि साउनमा हरियोप्रति आकर्षित भएको र देखासिकीमा प्रभावित भएको उनी बताउँछन्।
 

सम्बन्धित वर्गका समाचारहरू

चलचित्र ‘काँडेतार’को च्यारिटी-सो
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ ।  सीमा… विस्तृतमा
सहिद परिवारलाई सहयोगार्थ काँडेतारको ‘च्यारिटी सो’
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा
रानाथारु समुदाय थारुभित्रै हुनुपर्ने बहस
धनगढी । थारु आयोगले थारु जातिबाट अलग्गिएर छुट्टै जनजातिमा सूचीकृत भएको रानाथारु समुदाय थारुभित्रै… विस्तृतमा
कम्युनिष्ट पार्टी, संगठनात्मक प्रणाली र अनुशासन
कम्युनिष्ट -communist_को अर्थ “महत्वपुर्ण राजनीतिक शब्द ज्ञानमा” यस प्रकार परिभाषित गरिएको छ ।  “… विस्तृतमा