देउवाले पाए प्रतिनिधि सभामा विश्वासको मत
July 18, 10:22
देउवाले पाए प्रतिनिधि सभामा विश्वासको मत, तेस्रो पटकको विघटनबाट जोगियो संसद्
काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभामा विश्वासको मत पाएका छन्। आइतबार राति भएको मतदानमा देउवाले १६५ मत पाए।
कूल उपस्थित २४९ मध्ये देउवाको पक्षमा १६५ र विपक्षमा ८३ मत परेको हो। एक सांसद तटस्थ रहे।
देउवालाई कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी, नेपाल र नेकपा (एमाले) को एक समूहले मत दिएको हो।
प्रतिनिधि सभामा कायम रहेको २७१ संख्याको बहुमत पुग्न १३६ मत आवश्यक थियो। सो अनुसार देउवाले १६५ मत पाएपछि विश्वासको मत प्राप्त भएको घोषणा सभामुख अग्निप्रसाद सापकोटाले गरे।
संविधानको धारा ७६(५) अनुसार नियुक्त प्रधानमन्त्री देउवाले विश्वासको मत पाएसँगै प्रतिनिधि सभा एकै कार्यकालमा तेस्रो पटक विघटन हुनबाट जोगिएको छ।
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
February 15, 10:45
February 15, 10:38
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
February 15, 10:38
February 15, 10:33
September 06, 7:26
January 12, 11:40
September 13, 8:58
January 14, 8:58
September 20, 9:17
सम्बन्धित वर्गका समाचारहरू
February 02, 7:01
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
February 02, 6:48
धनगढी । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा