डोटीमा पुन: एक हप्तासम्मका लागि निषेधाज्ञा लम्बियो

Doti
Doti
September 06, 7:26

डोति२०७७ भदौ २१ गते आइतबार 
चक्र बलायर,डोटी
डोटीमा भाद्र २१ गते अाईतबार राति १२ बजेदेखि लागु हुने गरि भाद्र २८ गते मध्यरातीसम्मका लागि निषेधाज्ञा थप गरिएको छ ।
जिल्ला संकट व्यवस्थापन केन्द्रको अाईतबार बसेको बैठकले सो निर्णय गरेको हो।
प्रशासनले निषेधाज्ञाका समयमा औषधि, खाद्यान्न लगायत अत्यावश्यक उपभोग्य वस्तु तथा सेवा खरिदको काममा बाहेक कुनै पनि व्यक्ति घरवाहिर निस्कन नपाउने जनाएको छ । अत्यावश्यक कामका लागि घरवाहिर निस्किनै पर्ने अवस्था अाएमा अनिवार्य मास्क सेनेटाइजर प्रयोग गर्नु पर्ने र तोकिएको न्यूनतम भौतिक सामाजिक दुरी कायम गर्नु पर्ने छ । दैनिक उपभोग्य वस्तुहरु खाद्यान्न, मासु पसल, डेरी, तरकारी फलफुल पसलहरु विहान ६ बजे देखि १० बजे सम्म दैनिक ४ घण्टा मात्रै स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै भौतिक दुरी कायमगरी सञ्चालन हुने छन् ।

त्यसैगरी जिल्लाभित्र सञ्चालन गरिने सबै प्रकारका निजी तथा सार्वजनिक यातायातका साधनमा समेत रोक लगाइएको छ । जिल्लामा मेला, पर्व, जात्रा, आमभेला, सभा-सम्मेलन र मेलामा समेत रोक लगाईने निर्णय गरिएको संकट ब्यवस्थापन समितिका संयोजक एवं डोटीका प्रमुख जिल्ला अधिकारी भिम प्रसाद भट्टराईले बताए ।

जिल्लाभित्र कोरोना महामारीको संक्रमण बढ्दै गएपछि महामारी रोकथाम, नियन्त्रण र उपचारमा सहजताका लागि यसअघि भाद्र १४ गते देखि २१ गते सम्म लागुहुने गरि निषेधाज्ञा गरिएको थियो । निषेधाज्ञाको समयाबधि सकिदै लाग्दा पुन:एक हप्तासम्मका लागि निषेधाज्ञा थपिएको प्रजिअ भट्टराईले बताए।

कोरोना नियन्त्रण तथा रोकथामका लागि निषेधाज्ञाका क्रममा अत्यावश्यकीय सेवा बाहेक अन्य सेवाहरु पूर्ण रुपमा बन्द हुन्छन, निषेधाज्ञालाई सबैले पूर्ण रुपमा पालन गर्न र गराउन तर्फ सबैको ध्यान जान आवश्यक रहेको समेत प्रजिअ भट्टराईले बताए ।

निषेधाज्ञाको उल्लंघन गरेमा प्रचलित कानुन बमोजिम कारबाही अगाडी बढाइने समेत प्रमुख जिल्ला अधिकारी भट्टराईले बताएका छन।

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल फ्लावरको…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा