३५० करोडमा किने सुनील शर्माले नेपालगञ्ज मेडिकल कलेज

news
news
July 26, 7:14

काठमाडौं, साउन ८ । काठमाडौं मेडिकल कलेज किनेको झन्डै ११ महीनापछि डा।सुनील शर्माले नेपालगञ्ज मेडिकल कलेजको ५१ प्रतिशत शेयर लिएका छन् । बैंकको ऋणसमेत गरी ३५० करोडमा उनले यसको शेयर किनेका हुन् । विराटनगरको नोबेल मेडिकल कलेजसहित शर्मासँग अब तीनओटा मेडिकल कलेज छन् भने काठमाडौंमा नै पिपुल्स डेन्टल कलेज सञ्चालनमा छ ।

शर्माले भदौमा केएमसीको ४७ प्रतिशत शेयर खरीद गरेका हुन् । त्यसैगरी १०० रुपैयाँ शेयर रहेको नेपालगञ्ज मेडिकल कलेजको करसमेत जोडेर प्रति शेयर ५०० रुपैयाँमा किन्ने प्रक्रिया शुरू गरेको सुनील शर्माले बताए । तर, खरीदको सम्पूर्ण प्रक्रिया भने पूरा हुन बाँकी रहेको जानकारी उनले दिए ।

नेपालगञ्ज मेडिकल कलेजका कर्मचारीहरूको ३ महीनाको तलब र बैंकको १५० करोड ऋणको दायित्वसमेत शर्माले लिने भएका हुन् । आवश्यक र दक्ष कर्मचारी राखेर चुस्त रूपमा मेडिकल कलेज सञ्चालन गर्ने सोचमा रहेका शर्माले नोबेल मेडिकल कलेज विराटनगरमा ओपीडीमा शुल्क नलिएजस्तै नेपालगञ्जमा समेत निःशुल्क ओपीडी सेवा सुचारु गर्ने बताएका छन् ।

शर्माको स्वामित्वको पिपुल डेन्टल कलेजमा सम्पूर्ण सुविधासहितको अस्पताल र वीडीएस पढाइ हुँदै आएको छ । सम्पूर्ण पूर्वाधारसहितको पिपुल्स डेन्टललाई मेडिकल कलेजका रूपमा सञ्चालन गर्न सबै पूर्वाधार निर्माण गरिएको छ । तर, सरकारले स्वीकृति नदिएका कारण मेडिकल कलेज सञ्चालन हुन सकेको छैन ।

गोविन्द केसीको आन्दोलनका कारण सरकारले नयाँ मेडिकल कलेजको स्वीकृति नदिएपछि डा।शर्माका आँखा पुराना तर सञ्चालनमा कठिनाइ भोगिरहेका मेडिकल कलेजतिर गएको हो । यसरी एकपछि अर्को मेडिकल कलेज थपेर शर्मा मुलुकभरि एउटै व्यवस्थापन भएको मेडिकल अस्पतालहरूको चेन निर्माण गर्न चाहन्छन् ।

व्यवस्थापनमा निकै कडा र सुधारमा निकै प्रभावकारी टीम शर्मासँग छ । जसको कारण घाटामा गएका कलेज र अस्पतालहरूलाई चुस्त व्यवस्थापनले केही समयमा नै नाफामा लैजान सक्ने खुबी छ । त्यही कारण शर्मा मेडिकल क्षेत्रमा सफल व्यवसायीका रूपमा चिनिन्छन् । सिँगै परिवार र आफन्तसमेत मेडिकल क्षेत्रमा संलग्न गराएकाले अस्पतालको उपल्लो तहदेखि तल्लो तहका समान्य कुरासमेत तत्कालै जानकारी पाउने नेटवर्क उनीसँग छ । आर्थिक अभियान दैनिकबाट

सम्बन्धित वर्गका समाचारहरू

धनगढीको शिवनगरमा संचालनमा आयो पिके हेअर सैलुन एण्ड…
धनगढी । धनगढीको शिवनगरमा पिके हेअर सैलुन एण्ड जेन्स पार्ल  संचालनमा आएको छ ।  धनगढी उपमहानगरपालिका… विस्तृतमा
शिव शिखर सहकारीको कारोबार यकिन गर्न सकस
काठमाडौं । ३६ जिल्लामा शाखा रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको हालसम्म ११ शाखामात्र सिल… विस्तृतमा
सुनकाे भाउ अहिलेसम्मकै महँगाे, तोलाकाे १ लाख १७ हजार…
काठमाण्डाै / सुनको भाउ अहिलेसम्मकै महँगाे भएको छ । आज नेपाली बजारमा सुन अहिलेसम्मकै महँगो प्रतितोला… विस्तृतमा
सीमा क्षेत्रमा भारुको कारोबार नहुँदा व्यापार व्यवसायमा असर
धनगढी । सीमा क्षेत्रका सहरमा रु एक सयभन्दा बढी दरका भारतीय मुद्राको कारोबार नहुँदा व्यापारिक… विस्तृतमा