बाँदरको ‘ग्याङ फाइट’, घण्टौँ ट्राफिक जाम

news
news
July 28, 11:16

एजेन्सीः थाइल्याण्डमा १ सयभन्दा बढी बाँदरका दुई गुटबीच लडाइँको एक भिडियो बाहिर आएको छ। भिडियोमा बाँदरहरूको ठूलो झुण्ड सडकमा एकआपसमा लडिरहेको देख्न सकिन्छ। यसबीच सडकमा यात्रा गरिरहेका मानिस घण्टौँ जहाँको त्यहीँ रोकिएका थिए।

यस ‘ग्याङ फाइट’ का दौरान बाँदरहरूको आवाज यति ठूलो थियो कि मानिसहरु डराएर गाडीभित्र नै लुकेर बसेका थिए। यो घटना थाइल्याण्डको चर्चित पर्यटकीय क्षेत्र लोपबुरीको रहेको बताइएको छ । यो सहर बुद्धको प्राचिन मन्दिरहरूका लागि चर्चित रहेको छ।

भिडियो रेकर्ड गर्ने एक व्यक्तिका अनुसार यो घटना लोपबुरीको फ्रा कान मन्दिर र प्राङ्ग स्याम यटको छेउछाउको हो। उनी आफ्नो घरको तेस्रो तल्लामा सरसफाइ गरिरहँदा बाँदरहरू कराएको आवाज सुनेका थिए। जब उनले बाहिर हरे, त्यहाँ १ सय भन्दा बढी बाँदरहरूको दुई गुट सडकमा एकआपसमा भिडिरहेका थिए। यो भिडन्त करिब १ घण्टासम्म चलेको थियो। यसका कारण घण्टौँ ट्राफिक जाम भएको थियो। यसअघि सन् २०२० को मार्चमा पनि यस्तै घटना देखिएको थियो।

सम्बन्धित वर्गका समाचारहरू

इजरायलमा रहेका विद्यार्थी ल्याउन नेपाल एयरलाइन्सको…
काठमाडौं । सरकारले द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज… विस्तृतमा
एप्पल इभेन्ट आज, सार्वजनिक हुँदै छ आइफोन १५ 
काठमाडौँ,२६ भदौ । युरोपियन युनियन र चीन सरकार दुवैतिर समस्याको सामना गरिरहेको र स्मार्टफोनको… विस्तृतमा
अब फेसबुक चलाउन पैसा तिर्नुपर्ने !
यदि तपाईं पनि फेसबुक तथा इन्स्टाग्राम प्रयोग गर्नुहुन्छ भने तपाईंका लागि निकै महत्वपूर्ण खबर छ ।… विस्तृतमा
मिनिबससँग रेल ठोक्किँदा चिलीमा ७ को मृत्यु
चिली । दक्षिण अमेरिकी देश चिलीमा शुक्रबार रेलवे क्रसिङमा एउटा यात्रुवाहक रेल एक मिनीबससँग ठोक्किएको… विस्तृतमा