महालक्ष्मी विकास बैंकका कर्मचारीद्धारा आर्थिक सहयोग

news
news
August 08, 9:37

अछाम।

महालक्ष्मी विकास बैंक लि.का कर्मचारीले आर्थिक सहयोग गरेका छन्। बैंकले साँफेबगर अछाम शाखामा सुरक्षा गार्ड पदमा कार्यरत आफ्ना कर्मचारी अछाम जिल्लाको चौरपाटी गाउँपालिका वडा नम्बर ४ मदने निवाशी प्रेम बहादुर बोहराको निधन भए पछि बोहराका परिवारलाई आर्थिक सहयोग गरेको हो।

महालक्ष्मी विकास बैंक लि.को पहलमा बोहराका परिवारलाई एक लाख ९७ हजार दुई सय रुपैयाँ प्रदान गरेको महालक्ष्मी विकास बैंक लि. साँफेबगरका शाखा प्रमुख पुनित शाहले बतानु भएको छ। बोहराको बैशाख ३१ गते निधन भएको थियो।

शनिबार महालक्ष्मी विकास बैंक लि. को एक टोली बोहराको निवास चौरपाटी गाउँपालिका वडा नम्बर ४ मदने पुगेर राहत वाफतको एक लाख ९७ हजार दुई सय रुपैयाँको चेक बोहराका पत्नी लक्ष्मी बोहरा र पार्वती बोहरालाई हस्तान्तरण गरिएको हो। उक्त रकम महालक्ष्मी विकास बैंकका सम्पुर्ण कर्माचारीहरुले आआफ्नो खाजा खर्च कटौति गरेर बोहराका परिवारलाई आर्थिक सहयोग गरेको हो।

महालक्ष्मी विकास बैंक लि. साँफेबगरका शाखा प्रबन्धक पुनित शाहको अध्यक्षतामा भएको आर्थिक सहयोग हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि चौरापाटी गाउँपालिकाका अध्यक्ष हर्क बहादुर साउँद रहनु भएको थियो। प्रमुख अतिथि साउँदले महालक्ष्मी विकास बैंक लि. आर्थिक सहयोग गरेकोमा धन्यवाद ज्ञापन गर्नु भयो। उहाँले बैंकले गरेको आर्थिक सहयोगले बोहराका परिवारलाई सहयोग हुने बताउनु भयो।

कार्यक्रमका बिशिस्ट अतिथि महालक्ष्मी विकास बैंक सुदूरपश्चिम प्रदेशका हिल्ली रिजन प्रमुख प्रकाश खड्का रहनु भएको थियो। आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा चौरपाटी गाउँपालिका वडा नम्बर ४ पायलका अध्यक्ष हर्क बहादुर लोहार, महालक्ष्मी विकास बैंक लि. मंगलसेन शाखाका प्रबन्धक केशर रावल, पिपल्ला शाखाका शाखा प्रमुख डिल्लीराज भट्ट, किसान लघुवित्तका प्रेम बहादुर थापा, बैंकका कर्मचारी लव साउँद, भावना उपाध्याय लगाएतको उपस्थिति रहेको थियो।

सम्बन्धित वर्गका समाचारहरू

धनगढीको शिवनगरमा संचालनमा आयो पिके हेअर सैलुन एण्ड…
धनगढी । धनगढीको शिवनगरमा पिके हेअर सैलुन एण्ड जेन्स पार्ल  संचालनमा आएको छ ।  धनगढी उपमहानगरपालिका… विस्तृतमा
शिव शिखर सहकारीको कारोबार यकिन गर्न सकस
काठमाडौं । ३६ जिल्लामा शाखा रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको हालसम्म ११ शाखामात्र सिल… विस्तृतमा
सुनकाे भाउ अहिलेसम्मकै महँगाे, तोलाकाे १ लाख १७ हजार…
काठमाण्डाै / सुनको भाउ अहिलेसम्मकै महँगाे भएको छ । आज नेपाली बजारमा सुन अहिलेसम्मकै महँगो प्रतितोला… विस्तृतमा
सीमा क्षेत्रमा भारुको कारोबार नहुँदा व्यापार व्यवसायमा…
धनगढी । सीमा क्षेत्रका सहरमा रु एक सयभन्दा बढी दरका भारतीय मुद्राको कारोबार नहुँदा व्यापारिक… विस्तृतमा